२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

करिव १६ अंकले बढ्यो नेप्से



अ+ अ-

काठमाडौं । मंगलवार पनि शेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तिम समयमा बजार बन्द हुँदा १५.७० अंकले बढेको छ । नेप्से ०.६१ प्रतिशतले बढेर परिसूचक २५६६ बिन्दुमा पुगेको छ ।

दोस्रो दिन पनि नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । आज दिनभरमा ४ अर्ब १० करोड ५४ लाख रुपैयाँ बराबरको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा २०७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३४५ वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार २ सय ७७ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये सबै समूहमा हरियाली छाएको छ ।

आज लगानीकर्ताको रोजाइमा होटल तथा पर्यटन समूह परेको छ । उक्त समूह १.२८ प्रतिशतले बढेको छ ।