२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमरामा भएको अराजकता स्वीकार्य छैन : प्रधानमन्त्री कार्की



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा नेकपा एमालेका कार्यकर्ता र जेन–जी युवाहरुबीच भएको झडप जस्ता घटना स्वीकाय नहुने बताएकी छन् । बाराको सिमरामा उत्पन्न तनाव र हिंसात्मक गतिविधिप्रति टिप्पणी गर्दै प्रधानमन्त्री कार्कीले अराजक व्यवहार लोकतान्त्रिक प्रणालीमा स्वीकार्य नहुने बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले बुधबार साँझ सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै यस किसिमको अराजकता स्वीकार्य हुने बताएकी हुन् । उनले भनेकी छन्, ‘बाराको सिमरामा देखिएको तनाव र हिंसा अत्यन्तै दु:खद छ। म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन ।’

उनले युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएकी छन् । तर अभिव्यक्ति स्वतन्त्रताको सम्मान राज्यको प्रतिबद्धता भएको उल्लेख गर्दै उनले सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध सिर्जना गर्ने गतिविधि वा कानुन हातमा लिने क्रियाकलाप स्वीकार्य नहुने चेतावनी दिइन् ।

प्रधानमन्त्रीले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति र सुव्यवस्था कायम गर्न, राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनलाई निष्पक्ष तथा भयमुक्त बनाउन उच्च सतर्कता अपनाएर काम गर्न निर्देशन दिएकी छन् ।

उनले लोकतान्त्रिक प्रक्रियामार्फत मात्रै युवाहरूको अपेक्षा पूरा हुनसक्ने भन्दै सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक मार्गप्रतिको विश्वास कायम राख्न अपिल गरेकी छन् ।

जेनजी युवाहरुले एमालेका नेताहरुलाई अवरोध गर्ने प्रयासस्वरुप सिमरा क्षेत्रमा बुधबार प्रदर्शन गरेका थिए । सो क्रममा झडप हुँदा स्थानीय प्रशासनले कफ्र्यु नै जारी गरेको थियो ।