२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु



अ+ अ-

काठमाडौँ। काठमाडौँमा चार देशका कलाकारहरुको सहभागितामा अन्तर्राष्ट्रिय कला शिविर (इन्टरनेशनल आर्ट क्याम्प) तथा कला प्रर्दशनी सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा कला प्रदर्शनी र कलाकारलाई अवार्ड वितरण गरेर सुरु भएको प्रदर्शनी तथा आर्ट क्याम्पअन्तर्गत आज कलाकारहरुले वसन्तपुर दरबार स्क्वायरमा कला कार्यशाला आयोजना गरेका छन् ।

भारतको राष्ट्रिय कलाकार सङ्घको आयोजना तथा नेपाली कलाकारहरुसँगको सहकार्यमा भएको उक्त प्रदर्शनीमा भारतका १३, नेपालका १४, बङ्गलादेशका दुई र श्रीलङ्काका नौ जना कलाकार सहभागी छन् ।

उक्त प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार उद्घाटन गरिएको थियो । उक्त कार्यक्रमका संयोजक तथा राष्ट्रिय कलाकार सङ्घ भारतका अध्यक्ष विश्वाजीत दामले पहिलो पटक नेपाल आएर कला प्रदर्शनी तथा कला क्याम्प गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “वसन्तपुर निकै अनौठो र उत्कृष्ट पर्यटकीय क्षेत्र लाग्यो, यहाँका सम्पदाको कलाले आफूलाई तान्यो ।” उहाँले यसरी विभिन्न देशमा गएर आर्ट क्याम्प गर्ने गरेको पनि सुनाउनुभयो ।

कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे उहाँले भन्नुभयो, “हरेक देशका कलाकारका अलगअलग सीप हुन्छन् । ती सीपको विकास तथा सीप आदानप्रदान गर्न आपसमा सहकार्य गरी भाइचारा बढाउन यो कार्यक्रम गरिरहेका छौँ ।”

भारतबाट आउनुभएका अर्का कलाकार तथा क्यूरेटर हेमन कालिताले काठमाडौँमा पहिलो पटक आएर कलाको कार्यक्रम आयोजना हुँदा खुसी लागेको बताउँदै काठमाडौँका कलात्मक दृश्यले आफूलाई खुसी बनाएको बताउनुभयो ।

कार्यक्रममा सहभागी नेपाली कलाकार दिपेन्द्रमान बनेपालीले भारतीय कलाकारहरुको संस्थाबाटै आयोजना भएको यो कार्यक्रमले आपसीसम्बन्ध विस्तारमा सहयोग गर्ने बताउनुभयो ।

आज आर्ट क्याम्पमा सङ्घले यहाँ सहभागी कलाकारलाई क्यानभाससहित रङसमेत वितरण गरेको थियो । कलाकारहरुले वसन्तपुर दरबार क्षेत्रका सम्पदालाई क्यान्भासमा उतारेका छन् ।

आजको क्याम्पमा अङ्ग्रज कलाकार तथा अन्तरराष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबि गुरुङले कलाको ‘लाइभ डेमोस्ट्रेसन’ गर्नुभएको थियो ।रासस