३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मतपरिणाम घोषणा भएलगत्तै नवनिर्वाचित नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शपथ लिएका हुन् । महाधिवेशनबाट केपी शर्मा ओली नै पार्टी अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले प्रतिष्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै तेस्रो कार्यकालका लागि नेतृत्व हात पार्नुभयो ।

यसैगरी उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सबैभन्दा बढी मत प्राप्त गर्नुभयो भने अन्य उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ । शंकर पोखरेल महासचिवमा विजयी हुनुभयो भने उपमहासचिवमा रघुवीर महासेठ,लेखराज भट्ट र योगेश भट्टराई विजयी हुनुभयो । सचिवमा खगराज अधिकारी र पद्मा अर्याल, हिक्मत कार्की, महेश बस्नेत, छविलाल विश्वकर्मा, यामलाल कँडेल, शेरधन राई, भानुभक्त जोशी, खगराज अधिकारी, राजन भट्टराई विजयी हुनुभयो । विजेता सबैले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूले पार्टी विधान र नीतिप्रति निष्ठा राख्ने तथा जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गरेका छन् । १९ सदस्यीय पदाधिकारी टोलीमा अधिकांश पुराना अनुहारहरू नै निरन्तरता पाएका छन् भने केही नयाँ अनुहारहरू पनि समावेश भएका छन् । महाधिवेशनले पार्टीको संगठनात्मक संरचनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । यस महाधिवेशनले एमालेको आन्तरिक एकतालाई मजबुत बनाउँदै आगामी दिनमा सरकार र विपक्षी भुमिकामा प्रभावकारी भुमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।