१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिरबाट लडेर एकको मृत्यु



अ+ अ-

भद्रपुर । यहाँको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काकाअनुसार आइतबार साँझ करिब ७ बजे अर्जुनधारा नगरपालिका–२ लाप्चेटार निवासी अन्दाजी ६५ वर्षीय यमबहादुर लाय मगर आफ्नै पुरानो घर जाने भन्दै घरबाट निस्किएका थिए ।

यमबहादुर घर नफर्किएपछि खोजतलास गर्ने क्रममा सोही स्थानस्थित शान्ति सामुदायिक वनभित्र पर्ने अन्दाजी ७० फिट अग्लो भिरबाट लडेको अवस्थामा मृत फेला परेका हुन् ।

प्रनाउ खड्काले घटनाको जानकारी आज प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको जानकारी दिनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।