२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारको अभियोगमा आरोपत्र दायर



अ+ अ-

पर्सा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित तीन जनालाई गैरकानुनी लाभ वा हानि पु¥याएको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले सो नगरपालिकाबाट आव २०७९/८० मा वडा नं २ अन्तर्गत सडक मर्मतका लागि बोलपत्र सूचना राष्ट्रियस्तर वा स्थानीय समाचार पत्रमा प्रकाशन गर्नुपर्नेमा सूचना प्रकाशन नै नगरी झुठा बिल, भर्पाई बनाउन लगाई भुक्तानी दिइ–लिइ भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रशासकीय अधिकृत मुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह र जनप्रतिविम्ब दैनिकका प्रकाशक÷प्रधानसम्पादक सञ्जयकुमार साहलाई प्रतिवादी बनाएर आरोपपत्र दायर गरेको हो ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रु ६५ हजार कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना सजाय गरी बिगो असुलउपर हुन मागदाबीसहित विशेषमा आरोपपत्र दायर गरिएको बताउनुभयो । रासस