५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसका लागि विशेष महाधिवेशन गर्नु अनिवार्य जिम्मेवारी भयोः गगनकुमार थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन गर्नु अनिवार्य रहेको बताउनुभएको छ ।

शुक्रवार पार्टी मुख्यालयमा विशेष महाधिवेशन पक्षधरहरुको माग पत्र बुझेपछि उहाँले पार्टी केन्द्रिय कार्य समितिले अव विशेष महाधिवेशनको माग पूरा गर्न अनिवार्य भएको प्रतिक्रिया दिनुभएको हो । महामन्त्री थापाले मंसिर महिनाभित्र पार्टीको १५ औ महाधिवेशन नभएपछि पुस मसान्तसम्म गर्ने भन्ने पार्टीको निर्णय बाध्यकारी व्यवस्था भएको र त्यो हुननसके पछि विशेष महाधिवेशनको मागअनुसार अघि बढ्नु पार्टीको लागि अनिवार्य शर्त भएको बताउनु भयो । महामन्त्री थापाले विशेष महाधिवेशनमा जाने कुरालाई अव पार्टी केन्द्रिय कार्य समितिले नै स्विकार गर्नुपर्ने भएकाले त्यसमा आफूले थप टिप्पणी गर्न आवश्यक नभएको जिकिर समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘यो हाम्रो जिम्मेवारी हो । हामी यसलाई पार्टीको चालु केन्द्रिय कार्य सम्पादन समितिमा तपाईहरुबाट प्राप्त भएको पत्रको बारेमा जानकारी गराउनेनै छौ । पार्टीको विधानभन्दा माथि हामी कोही पनि छैनौ । र पार्टीको विधान नमान्ने अधिकार सुविधा हामी कसैलाई छैन । पार्टीको विधानले नै एउटा विशिष्ट व्यवस्था गरेको छ । विधानको धारा १७ (२) ले नेपाली काँग्रेस पार्टीको ४० प्रतिशत भन्दा बढि महाधिवेशन प्रतिनिधिले कुनै विशिष्ट कारण देखाएर विशेष महाधिवेशनको आवश्यक्ता बोध गरेमा विशेष महाधिवेशन डाकिनु पर्दछ । त्यो अनिवार्य छ । त्यो ऐच्छिक विषय होइन । म साथीहरुले पहिलो पटक दिएको पत्र पनि स्मरण गर्न चाहन्छु । विशेष महाधिवेशनले नै केही विषयहरुको छिनोफानो गर्नु पर्दछ । मंसीर महिना भित्र पार्टीले नियमित महाधिवेशन गर्छ भने विशेष महाधिवेशनको आवश्यक्ता पर्दैन ।

अन्यथा विशेष महाधिवेशन अनिवार्य छ भन्ने कन्टेन्टसहितको पत्र यहाँ दर्ता गराउनुभएको थियो । र म यो पनि सम्झन्छु कि हामीले यो बीचमा मंसिर १५ गते कार्यतालिका निर्माण ग¥यौं । र कार्यतालिका केन्द्रिय समितिले पारित गर्दैगर्दा पुस मसान्तसम्मको गर्दा पनि विशेष महाधिवेशन आह्वानकर्ता साथीहरुले पुस मसान्तसम्म भएपनि हुन्छ भनेपनि त्यसलाई हामीले स्विकार गर्छौ भन्ने हिसावले लिनु भयो । किनकी पुस मसान्तसम्मको अवधि विशेष महाधिवेशनको बाध्यकारी समय थियो । अहिले पत्रमा नै तपाईहरुले भनिसक्नुभएको छ–यसको बारेमा मैले अहिले धेरै टिप्पणी गर्न मिल्दैन । तर यति कुरा भन्छु कि–विशेष महाधिवेशन पुस मसान्त भित्र अनिवार्य गर्नुपर्ने कुरा यो अव नेपाली काँग्रेस पार्टीको केन्द्रिय कार्य समितिको अनिवार्य जिम्मेवारी भित्र पर्छ । यो हाम्रा निम्ति पनि अव ऐच्छिक विषय रहेन । कि हामीले यो भन्दा अगाडि नै अधिवेशन गरिसक्नु पर्दथ्यो । १५ औ महाधिवेशन सम्पन्न गरेको भए आफै यो मागको सार्थकता सकिन्थ्यो । १५ औ महाधिवेशन यो बीचमा गर्न नसक्ने अवस्था बनेकोमा विशेष महाधिवेशनको तपाईहरुको माग सम्बोधन गर्नु अनिवार्य हुन्छ । यो ऐच्छिक विषय रहदैरहँदैन ।’

महामन्त्री थापाले १५ औं महाधिवेशन पुस समान्त भित्र गरिसक्नुपर्ने भएकाले पनि विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्ने पार्टीको जिम्मेवारी भएको तर्क पनि गर्नुभयो ।