काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
सोमबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बैठकमा आसन्न निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सुची एवं समसामयिक राजनीतिक परिस्थितिको विविध विषयमा छलफल हुनेछ ।












