२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रग्बी सङ्घको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित



अ+ अ-

काठमाडौँ।  नेपाल रग्बी सङ्घको १३ औँ वार्षिक साधारण सभामा १ करोड ३५ लाख रुपैंयाको बजेट पास भएको छ।

शनिवार आयोजित साधारण सभामा सङ्घका कोषाध्यक्ष दीपक अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो। सभामा अधिकारीले अर्को वर्षको लागि कुल १ करोड ७ लाखको अनुमानित बजेट पेस गरेका थिए।

सात प्रदेश, ५८ जिल्ला र ७ वटा राष्ट्रिय क्लब मध्ये अधिकांशको सहभागिता रहेको साधारण सभामा सङ्घका अध्यक्ष दीपक देवकोटाले सङ्घको दायरा बढाउँदै विदेशमा पनि शाखा खोल्ने प्रस्ताव पेस गरेका थिए। जसलाई साधारण सभाले सर्वसम्मत रूपमा पारित गर्‍यो।

उनले भने, ” समूहगत खेलमा नेपालमा रग्बीको भविष्य निकै राम्रो छ। हामी त्यही अनुरूप अभियान थालिरहेका छौँ। अन्तर्राष्ट्रिय प्रायोजक खोज्न सके र अन्तर्राष्ट्रिय रूपमा रहेका हाम्रा सहकर्मीहरूको साथले हामीले यो अभियानलाई अगाडि बढाउन सक्छौँ।”

यस्तै सङ्घका महासचिव गोविन्द घिमिरेले यस वर्षको कार्य प्रगति विवरण र आगामी वर्षको सङ्घको योजना प्रस्तुत गरेका थिए।

यस वर्ष रग्बीले बङ्गलादेशमा सम्पन्न रग्बी सिरिज जितेर इतिहास रचेको थियो भने दशरथ रङ्गशालामा १७ देशको सहभागितामा पुरुष तथा महिला एसिया रग्बीको आयोजना गरेको थियो। उक्त प्रतियोगितामा महिला टोलीले उज्बेकिस्तानलाई पराजित गरेको थियो।

महासचिव घिमिरेले प्रस्तुत गरेको आगामी वर्ष २०२६ को भावी योजनामा भने विद्यालय तहको प्रतियोगितालाई प्राथमिकता दिएको छ। यसअघि साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले उद्घाटन गरेका थिए।

सो अवसरमा उनले रग्बीको वर्ष २०२५ को उत्कृष्ट पुरुष खेलाडी नेपाली सेनाका नवीन बहादुर मगर र महिला तर्फको उत्कृष्ट खेलाडी नेपाली सेनाकै मनीषा घिसिङलाई पुरस्कृत गरेका थिए।

त्यस्तै उनले राखेपमा भर्खरै सदस्य नियुक्त भएका रग्बी सङ्घका सदस्य सन्त कुमार मेहता, अञ्जना श्रेष्ठ मास्के र मधेस प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य निशेष कुमार श्रेष्ठलाई सम्मान गरे।

समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव टंक घिसिङले रग्बीलाई व्यावसायिक बनाउन सबै पक्षले पहल गर्नुपर्ने बताए। उनले रग्बीको स्थायी खेल स्थल निर्माणमा जोड दिँदै यसमा पहल सुरु भइसकेकोले पुरा गर्नमा सबैले जोड दिनुपर्ने बताए। रासस




भर्खरै