२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन–आश्रित स्मृति प्रतिष्ठानले महाधिवेशनको सन्देश र राजनीतिक निकासको बारेमा विचार गोष्ठी आयोजना गर्ने



अ+ अ-

काठमाडौं, पुस १४ । मदन–आश्रित स्मृति प्रतिष्ठानले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकासको बारेमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।

देशमा व्याप्त राजनीतिक अन्यौलताको बिचमा प्रतिष्ठानले मंगलबार राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा गोष्ठी गर्न लागेको हो । एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा, नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा एमाले केन्द्रीय सदस्य सुनिता डङ्गोल लगायतका वक्ता रहनु हुने छ । सो कार्यक्रमले राजनीतिक निकासको मार्ग प्रशस्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।