२३ जेष्ठ २०८३, शनिबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वयम्भू प्रहरी वृत्त पुनर्निर्माणमा सहयोग गर्ने दि एक्सेल्सियर स्कुलका प्रबन्ध निर्देशक राम बस्नेत सम्मानित



अ+ अ-

काठमाडौं । भाद्र २३ र २४ गते सम्पन्न जेन्जी आन्दोलनपछि समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नेपाल प्रहरीले सुरु गरेको ‘हाम्रो प्रहरी’ कार्यक्रमको अवधारणाअनुसार स्वयम्भूस्थित स्वयम्भू प्रहरी वृत्तको क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणमा सहयोग गर्ने दि एक्सेल्सियर स्कुलका प्रबन्ध निर्देशक राम बस्नेत सम्मानित हुनुभएको छ।

सामाजिक उत्तरदायित्व वहन गर्दै सेवा र शान्तिको सन्देशसहित सहयोग पुर्‍याउनुभएको योगदानको उच्च कदर र मूल्याङ्कन गर्दै एक विशेष कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रबन्ध निर्देशकबस्नेतलाई सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रममा महानिरीक्षक कार्कीज्यूले प्रहरी कार्यालयको पुन:सम्भार र पुन:र्स्थापनामा सहयोग गर्नुहुने प्रतिनिधिमूलक रुपमा ५१ जना व्यक्तिहरूलाई सम्मान स्वरुप कदर पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उप-प्रमुख सुनिता डंगोल , काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की , काठमाडौं स्थित विभिन्न नगरपालिकाका नगर प्रमुखहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्र.ना.म.नि. ओम प्रसाद अधिकारी , काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल, माईती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोईराला, वरिष्ठ कलाकार हरिवंश आचार्य, किरण के.सी., संगीतकार योगेश्वर अमात्य, नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारस खड्का, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, प्रहरी वरिष्ठ उपरीक्षकहरु, विभिन्न नगरपालिकाका उप-प्रमुखहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, काठमाडौं जिल्लाका विभिन्न वडाका वडा अध्यक्षहरु, प्रशासकिय अधिकृतहरु, विभिन्न कार्यालयका प्रमुखहरु, सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, सिनियर प्रहरी अधिकृतहरु, नागरिक समाज, स्थानीय, युवाहरु, संचारकर्मीहरु, समाजसेवीहरु, अभियान्ताहरु, कलाकारहरु,पूर्व प्रहरी कर्मचारीहरु, विद्यार्थीहरु तथा प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरीले समुदायसँगको सहकार्य र विश्वासलाई अझ सुदृढ बनाउने दिशामा ‘हाम्रो प्रहरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको उल्लेख गरेको छ।