२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर विश्व पौडेलको युवालाई आग्रह: पखेटा फैलाउनुस्



फाइल फोटो
अ+ अ-

काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलले नेपाली युवालाई प्रविधि क्षेत्रमा (आईटी) धेरै ठूलो सम्भावना रहेकाले त्यतातिर ध्यान दिन आग्रह गर्नु भएको छ ।

सामाजिक संजालमा एक स्टाटस पोस्ट गर्दै गभर्नर पौडेलले बैंकिङ प्रणालीलाई आईटी क्षेत्रमा लगानीका लागि धेरै सुधारका काम गरिसकेको र अझ सहजीकरण गर्न तयार रहेको बताउनु भएको छ ।

उहाँले भन्नु भएको छ, ”ढुक्क भएर नयाँ प्रोडक्ट निकाल्नुहोस, विश्व बजारमा आँखा लगाउनुहोस। पखेटा फैलाउनुहोस,मेहनत गर्नुहोस, नेपालबाटै जित्नलाई संसार हुनेछ। वैंकिङ क्षेत्रले तपाईहरुको विस्तारमा सदैव साथ दिनेछ।”

गभर्नर पौडेलको स्टाटस:

गएको केहि वर्षमा नेपालको आइटि क्षेत्रले राम्रो मेहनत गरेको छ। अर्थमन्त्रालयले गरेको कम्पनीहरु खोल्न सहजगर्ने , FDI मा सिमा संसोधन गर्ने, करको दर विश्वसनीय बनाउने जस्ता सुधारको आंशिक फलस्वरुप २ वर्ष अघि वैदेशिक लगानीमा ४० वटा जति आइटि कम्पनी खुलेकामा एक वर्ष अघि लगभग ४०० कम्पनी खुलेका थिए।

म राष्ट्र वैंक आएपछि यि सुधारभन्दा अघि बढेर नेपाली निर्यातकर्ता कम्पनीहरुलाई विदेशमा एक मिलियन डलरसम्म लगानी गर्न अनुमति दिइएको छ भने हाल निर्यात नगरेका कम्पनीहरुलाई पनि २० हजार डलरसम्म लगानी गर्न दिइएको छ।नतिजा हेरेर यी सीमाहरु संसोधन गर्दैजाने कुरामा सबैलाई विश्वास दिलाउन पनि चाहन्छु।वैदेशिक लगानीकर्ताहरुले पेपरवर्क धेरै भयो भनेर गुनासो गरेको सन्दर्भमा नाफा लग्न राष्ट्रवैंकको स्विकृती लिनुनपर्ने गरिएको छ।

हेर्दा साधारण लागेपनी २०२१ सालमै वैदेशिक लगानी गर्न प्रतिवन्ध लगाइएको हाम्रो देशमा भएका यि पहल दूरगामी असर पार्ने प्रकृतिका हुन। अब युवाहरुलाई अनुरोध: ढुक्क भएर नयाँ प्रोडक्ट निकाल्नुहोस, विश्व बजारमा आँखा लगाउनुहोस। पखेटा फैलाउनुहोस,मेहनत गर्नुहोस, नेपालबाटै जित्नलाई संसार हुनेछ। वैंकिङ क्षेत्रले तपाईहरुको विस्तारमा सदैव साथ दिनेछ।