२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराकी विष्णु गुरुङ रास्वपाको समानुपातिक तर्फको उम्मेदवारको सूचीमा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरेको छ ।

रास्वपाले बालेन शाह र उज्यालो नेपाल पार्टीसँगको एकतापछि सहमति अनुसार कुल ११० जनाको नाम बुझाएको हो ।

उक्त सूचीमा रास्वपा प्रवास विभाग केन्द्रीय सदस्य तथा गण्डकी इन्चार्ज विष्णु कुमारी गुरुङ (एकता) पनि पर्नुभएको छ । उहाँ रास्वपाको कास्की जिल्ला संस्थापक सभापति पनि हुनुहुन्छ । सूचीमा उहाँ २९ औं नम्बरमा रहनुभएको छ । रास्वपाले उनलाई आदिवासी जनजातितर्फको कोटामा समावेश गरेको हो ।

विभिन्न संघसंस्थामा आवद्ध हुँदै नेतृत्व समेत लिनुभएकी गुरुङ मातृभूमि फर्की आफ्नो व्यवसायको साथै सामाजिक सक्रिय हुनुहुन्छ ।

अमेरिका १४ वर्ष बसेर त्यतिकै क्रियाशील रहनुभएको गुरुङ विशेष गरि महिलाका बिषयमा थुप्रै कार्यक्रम गरि एनडब्लुजीएन (नेपाली वुमेन ग्लोबल नेटवर्क) क्यालिफोर्निया शाखाको अध्यक्ष समेत रहनुभयो ।

दर्जनौं अवार्डहरुले सम्मानित गुरुङ जबसम्म राजनीतिक धार परिवर्तन हुँदैन तबसम्म देश र जनताको अवस्था परिवर्तन हुँदैन भन्ने भावनाले राजनीतिमा होमिएको बताउनुहुन्छ ।




भर्खरै