१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा नयाँ भू–उपग्रह टियानहुई–७ सफलतापूर्वक प्रक्षेपण



अ+ अ-

एजेन्सी । चीनले मंगलवार उत्तर–पश्चिमी क्षेत्रमा अवस्थित जिउक्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट एउटा नयाँ भू–उपग्रह अन्तरिक्षमा पठाएको छ ।

बेइजिङ समयअनुसार दिउँसो १२ः१२ बजे लङ मार्च–४बी रकेटमार्फत प्रक्षेपण गरिएको ’टियानहुई–७’ भू–उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेको प्रक्षेपण केन्द्रले जनाएको छ ।

यस भू–उपग्रहको प्राथमिक प्रयोग भौगोलिक नक्शाङ्कन, भूमि संशाधन सर्वेक्षण र वैज्ञानिक अनुसन्धान जस्ता कार्यहरूमा गरिने बताइएको छ ।

यो सफल प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृंखलाको ६२२ औँ उडान मिशन हो ।