२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना



अ+ अ-

मोरङ, १७ पुसः आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।

मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसार्इंले बुधबार कार्यालयको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रमबारे जानकारी गराउनुभयो ।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि स्थापना गरिएको कार्यालय निर्वाचन आयोगको कार्यालय विराटनगरमा रहने निर्वाचन आयोगको कार्यालय कोशी प्रदेशका निमित्त प्रमुख चोलाराज दङ्गालले जानकारी दिनुभयो ।

निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुुुसार २०८२ पुस १९ गते बिहान १०ः०० देखि ११ः०० बजेसम्म मतदाता नामावली प्रकाशन हुने छभने मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन÷उजुरीमाथि छानबिन गरी पुस २२ गते ३ः०० बजेदेखि ४ः०० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

यसैगरी, पुस २३ गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, पुस २४ गते बिहान १०ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते बिहान १०ः०० देखि दिउँसो १ः०० वजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ः०० देखि २ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

यस्तै, पुस २८ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । विसं २०८२ माघ ११ गते बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यक्रम सम्पन्न हुनेछ ।

कोशी प्रदेशमा महिलातर्फ एक, दलिततर्फ एक र अन्यतर्फ एकजना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।रासस