२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ



In this image from video released by the House Judiciary Committee, former special counsel Jack Smith speaks during a deposition Dec. 17, 2025, at the U.S. Capitol in Washington. (House Judiciary Committee via AP)
अ+ अ-

एजेन्सी । सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा राष्ट्रपति डोनाल्ड ट्रम्प बिना सम्भव नहुने पूर्व विशेष सल्लाहकार ज्याक स्मिथले कङ्ग्रेसलाई बताउनुभएको छ । उहाँले ट्रम्पलाई सन् २०२० को राष्ट्रपति चुनावको नतिजा उल्ट्याउने आपराधिक षड्यन्त्रमा ‘सबैभन्दा दोषी र सबैभन्दा जिम्मेवार व्यक्ति’ का रूपमा चित्रण गर्नुभयो ।

रिपब्लिकन नेतृत्वको हाउस जुडिसियरी कमिटीले बुधबार स्मिथले दिएको बन्द–ढोका अन्तर्वार्ताको प्रतिलिपि र भिडियो सार्वजनिक गरेको हो । सो अन्तर्वार्तामा स्मिथले ट्रम्पमाथि लगाइएका अभियोगहरूको आधार दृढतापूर्वक बचाउ गर्दै अनुसन्धान राजनीतिक प्रेरणाबाट गरिएको भन्ने आरोप अस्वीकार गर्नुभयो ।

“यहाँ रहेका प्रमाणहरूले राष्ट्रपति ट्रम्प नै यस षड्यन्त्रका मुख्य व्यक्ति भएको स्पष्ट देखाउँछन् । यी सबै काम उहाँको फाइदाका लागि गरिएको थियो । क्यापिटलमा भएको आक्रमण पनि उहाँ बिना सम्भव थिएन”, स्मिथले भन्नुभयो । उहाँले आफ्नो कार्यालयको काम कुनै पनि हालतमा राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने उद्देश्यले नभएको पनि स्पष्ट पार्नुभयो ।

डिसेम्बर १७ मा निजी रूपमा गरिएको उक्त बयान सार्वजनिक गवाहीका रूपमा दिन अनुरोध गरिए पनि बन्द ढोकामै सम्पन्न भएको थियो । विशेष सल्लाहकार पदबाट हटेपछि क्यापिटल हिलमा स्मिथको यो एकमात्र उपस्थिति हो । यसले न्याय मन्त्रालयका पछिल्ला दुई ठूला अनुसन्धानबारे सार्वजनिक बुझाइ थप स्पष्ट बनाएको छ ।

ट्रम्पमाथि २०२० को चुनाव उल्ट्याउने षड्यन्त्र र फ्लोरिडास्थित मार–ए–लागो निवासमा गोप्य कागजात अवैध रूपमा राखेको अभियोग लगाइएको थियो । तर २०२४ को चुनावमा ट्रम्प पुनः निर्वाचित भएपछि न्याय मन्त्रालयको नीतिका आधारमा दुवै मुद्दा खारेज गरिएको थियो ।

स्मिथले ट्रम्पविरुद्ध सङ्कलन गरिएका प्रमाणहरू सजाय दिलाउन पर्याप्त बलिया रहेको आफ्नो विश्वास दोहोर्‍याउनुभयो । उहाँका अनुसार जनवरी ६ सम्बन्धी मुद्दा ट्रम्पकै सहयोगी र समर्थक रिपब्लिकनहरूको गवाहीमा आधारित थियो, जसले पार्टीभन्दा माथि देशलाई प्राथमिकता दिएका थिए ।

क्यापिटल दङ्गाबारे बोल्दै स्मिथले भन्नुभयो, “प्रमाणहरूले देखाउँछन् कि राष्ट्रपति ट्रम्पले यस अवस्थाको कारण बनाउनुभयो, त्यसको पूर्वानुमान गर्न सक्नहुन्थ्यो र पछि त्यसको शोषण पनि गर्नुभयो ।” उहाँका अनुसार ट्रम्पले चुनाव चोरी भएको झूट फैलाउँदै समर्थकहरूलाई उत्तेजित पार्नुभयो, उनीहरूलाई क्यापिटलतर्फ मोड्नुभयो र हिंसा सुरु भएपछि रोक्न सक्रिय कदम चाल्न अस्वीकार गर्नुभयो ।

स्मिथले दङ्गाका क्रममा ट्रम्प र रिपब्लिकन सांसदहरूबीचको सम्पर्क पनि मुद्दाको महत्त्वपूर्ण हिस्सा भएको बताउनुभयो । फोन रेकर्ड सङ्कलन तथा विश्लेषण वैधानिक र कानूनअनुसार गरिएको भन्दै त्यसप्रति उठेको आक्रोश ट्रम्पतर्फ नै निर्देशित हुनुपर्ने उहाँको भनाइ थियो ।

स्मिथको बयानले जनवरी ६ को क्यापिटल दङ्गामा ट्रम्पको भूमिकालाई केन्द्रमा राख्दै त्यस घटनाको जिम्मेवारीबाट उहाँ अलग हुन नसक्ने सन्देश स्पष्ट रूपमा दिएको छ ।




भर्खरै