२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत संग्रहबारे निर्णय लिन सरकारले माग्यो आईतवारसम्मको समय



अ+ अ-

काठमाडौँ । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले जनमत संग्रहबारे निर्णय लिन सरकारले आगामी आईतवारसम्मको समय मागेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उहाँले आईतवारसम्मको अल्टिमेटम दिनुभएको हो ।

सरकारले आगामी आईतवारसम्म पनि आफूहरुका माग र जनमत संग्रहबारे निर्णय नलिए आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले एउटा पक्षलाई रुवाएर अर्को पक्ष निर्वाचनमा जान नपाउने बताउनु भयो । उहाँले सरकार जेन–जीका मागहरु त्यत्तिकै राखेर निर्वाचनमा जान नपाउने बताउनु भयो । सरकारले एउटा पक्षलाई मात्रै बोकेर हिँडिरहेको भन्दै यसको परिणाम राम्रो नहुने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले गम्भीर तरिकाले कुरा राखेँ, यि मुद्दा देशका हुन् । तपाईंलाई आफ्नो नातीसँग नेपालमै बस्न मन छैन भनेर सोधेँ । उहाँले खै केके भनेर खुई…. गर्नुभयो । पूरै थाकेको जस्तो । जेन–जीले खोसेर ल्याइदिएको सरकारमा बस्ने अनि उनीहरुलाई थुन्ने भने । आईतवारसम्मको समय माग्नुभयो । आईतवार सही गरौँ दुई पक्ष बसेर सोमवारको मन्त्रीपरिषद्बाट पास गर्दछौँ । सकेनौँ भने आईतवारको दिन सकेनौँ भन्छौँ भन्नुभएको छ । एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान पाउँदैन । नेपाल सबैको साझा हो भनेका छौँ । यो तरिकाले यो सरकार जेनजीका मागहरु त्यत्तिकै राखेर चुनावमा जान खोज्यो, नक्कली एउटा मात्रै टिमलाई बोकेर चुनावमा जान खोज्यो भने त्यो सफल हुँदैन ।’

संयोजक प्रसाईंले जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताउनु भयो । आफूहले लोकतन्त्रको अधिक प्रयोग गरेर जनमत संग्रह गर्न आग्रह गरेको बताउनु भयो ।