२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा किचलो: केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवा उपस्थित हुने !



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैं छ । आजको बैठकमा सभापति शेरबहादुर देउवा नै उपस्थित हुने एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।

दिउँसो ३ बजेका लागि बोलाईएको बैठक अघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने भन्दै जारी गरेको विज्ञप्तिका बारेमा छलफल हुने जनाईएको छ ।

सभापति शेरबहादुर देउवा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएपछि थप उपचारको लागि सिंगापुर जाँदा १० कात्तिकमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक को जिम्मेवारी दिनु भएको थियो । त्यस पछिको बैठकमा उहाँ उपस्थित हुनु भएको छैन । महामन्त्रीद्वयको पछिल्लो कदम पछि दुबै पक्ष आन्तरिक छलफलमा व्यस्त रहेका छन् ।

छलफलमा रहेका ती सदस्यले भने महामन्त्रीद्वयले बिशेष महाधिबेशन सभापति देउवा बिरुद्ध नभै समयको माग र केन्द्रीय समितिको निर्णय बमोजिम भएकोले सभापति देउवाले अपनत्व लिई निकास दिने बारेमा छलफल भै रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो आज बैठक सुरु भए लगत्तै स्थगित गरेर सभापति र महामन्त्रीहरु बिच छलफलका लागि समय लिने काम हुन्छ ।

 

 

 




भर्खरै