२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिर्गौला पीडितहरुद्वारा सहयोगको याचना



अ+ अ-

गलकोट । मिर्गौलामा समस्या देखिँदा मनिषा १७ वर्षकी हुनुहुन्थ्यो । उहाँ १२ कक्षामा पढ्नुहुन्थ्यो । औषधि खाएर निको हुन्छ भनेको समस्या बल्झिँदा बल्झिँदै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेको छ ।

बागलुङ नगरपालिका–१ निवासी मनिषा बोसेलले मिर्गौलामा समस्या देखिएर औषधि खान थालेको सात वर्ष भयो । डायलायसिस गराउन थालेको चार वर्ष भयो । सामान्य आर्थिक अवस्था भएका मनिषाको परिवार यतिबेला उहाँको उपचार गराउँदा गराउँदै विपन्न भएको छ । स्वास्थ्य समस्याकै बीचमा स्नातक भर्ना भएकी मनिषाले रोगसँग लड्दा पढाइलाई निरन्तरता दिन सक्नुभएन । स्वास्थ्यले मात्र होइन अर्थ पनि नभ्याएपछि बाच्नेसँगै पढ्ने पनि मनिषाका लागि सङ्घर्ष बन्दै छ ।

मनिषालाई चिकित्सकले मिर्गौला प्रत्यारोपणको सुझाव दिएका छन् । आमा मीना बोसेल मिर्गौला दिन तयार हुनुहुन्छ । तर जाँच, प्रत्यारोपण र त्यसपछिको रेखदेखका लागि बोसेल परिवारसँग पैसा छैन । रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा समेत मिडियाका माध्यमबाट आपिल गरि पैसा सङ्कलन गरेर उपचार सम्भव भएको समाचार सुनेका बोसेल परिवारले बागलुङमा पत्रकार सम्मेलन गरेर सहयोगको अपिल गरेका छन् ।

मनिषा जस्तै धौलागिरि अस्पताल बागलुङमा डायलायसिस गराइरहेका जैमिनी नगरपालिका–७ धुल्लुका ३९ वर्षीय कमल नेपालीको पनि समस्या उस्तै छ । आर्थिक अवस्था कमजोर रहेका कमललाई मिर्गौलामा समस्या देखिएको चार वर्ष पुग्यो । श्रीमती, छोराछोरी र आमाबुबाको समेत जिम्मेवारी रहेका कमलालाई चिकित्सकले मिर्गौला प्रत्यारोपणको सुझाव दिएका छन् । श्रीमतीले मिर्गौला दिन तयार भए पनि आर्थिक अवस्था कमजोर हुँदा कमलले जाँचको समेत प्रक्रिया अगाडि बढाउन सक्नुभएको छैन ।

धौलागिरि अस्पतालमा हप्ताको दुई दिन निःशुल्क डायलायसिस गर्दै आएका कमललाई सरकारले दिने मासिक रु पाँच हजार सहयोगी भए पनि साध्य हुन सकेको छैन । मिर्गौला मिल्ने गर्नेदेखि प्रत्यारोपण गर्नेसम्मको प्रक्रियाका लागि चिकित्सकले न्यूनतम रु २० लाख खर्च हुन्छ भनेका छन् । तर, कमलसँग निःशुल्क डायलायसिस गर्न अस्पताल आउने जाने भाडासमेत छैन ।

धौलागिरि अस्पताल बागलुङमा ७० जनाले नियमित डायलायसिस गराइरहेका छन् । केही अझै पालोको पर्खाइमा छन् । नेपाल सरकारले मिर्गौलाका बिरामीलाई मासिक रु पाँच हजारसहित डायलायसिस सेवा निःशुल्क दिएको छ । मिर्गौलाले काम गर्न छाडेपछि कि नियमित डायलायसिस गर्नुपर्छ कि मिर्गौला प्रत्यारोपण गर्नुपर्छ । आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि सरकारले दिएको डायलायसिससँगै रु पाँच हजार प्रत्यारोपणका लागि पर्याप्त नहुँदा सहयोगको अपिल गर्नुपर्ने बाध्यता भएको कमलले बताउनुभयो । रासस