१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने



अ+ अ-

काठमाडौँ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने भएको छ ।

आयोगले शुक्रवार आयोजना गरेका पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिनुभएको हो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए । तीमध्ये ६४ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूचि पेश गरेको उहाँले जानकारी दिनुभयो । बन्दसूचि पेश गर्ने दलहरूमध्ये ५४ वटा दलले आ–आफ्नै निर्वाचन चिन्ह प्रयोग गरी चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् भने बाँकी १० वटा दलले विभिन्न क्लस्टरमा रही चार वटा साझा निर्वाचन चिन्हमार्फत निर्वाचनमा भाग लिने गरी बन्दसूचि पेश गरेका छन् ।

उहाँले यसअघि बन्दसूची पेश हुनुअघि नै मतपत्र छपाईको काम गरिएको भएकोले सबै दलका चुनाव चिन्ह समेटेर मतपत्र छापिने गरेको बताउनु भयो । तर यसपटक भने समानुपातिक बन्दसुची पेश गरेका दलहरुको चुनाव चिन्ह मात्रै राखेर मतपत्रको छपाई गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्मको विवरणअनुसार समानुपातिकतर्फ प्रयोग हुने निर्वाचन चिन्हको संख्या ५८ रहने लगभग निश्चित भएको छ । यद्यपि आयोगले बन्दसूचीको रुजु प्रक्रिया जारी राखेकाले कुनै दलको सूचि अस्वीकृत भएमा सो संख्या घट्नसक्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समानुपालिकतर्फ भाग लिन कुल ९३ दलले नाम दर्ता गराएका थिए । तीमध्ये कुल ६४ वटा दलले समानुपातिक तर्फको बन्दसुचि पेश गरेका छन् । त्यसरी बन्दसुची पेश गर्नेमा ५४ वटा दलले आ–आफ्नो निर्वाचन चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गर्नेगरि र बाँकी रहेका १० वटा दलले विभिन्न कलष्टरमा रहेर चार वटा निर्वाचन चिन्हमा निर्वाचनमा भाग लिनेगरि दर्ता गराएका छन् । कानुनको भाषामा भन्नुपर्दा एकभन्दा धेरै दलले एउटै निर्वाचन चिन्ह लिएको कुरालाई एकल चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने भन्दो रहेछ, त्यसो भएको हिसावले १० वटा दलले एकल चुनाव चिन्हबाट निर्वाचनमा भाग लिनको लागी विभिन्न चार वटा निर्वाचन चिन्ह लिएर र बाँकी रहेका ५४ वटा दलले आफ्नो आफ्नो अलगअलग निर्वाचन चिन्ह लिएर निर्वाचनमा सहभागी हुनेगरि बन्दसुची पेश गरेको अवस्था छ । विगतमा बन्दसुची पेश गर्नुभन्दा अगाडी नै मतपत्र छापेको यहाँहरुले देख्नुभएको छ । त्यसले धेरै ठुलो मतपत्र भयो, मतदातालाई पनि गाह्रो भयो । यसपटक बन्दसुची पेश गरेका दलहरुको चुनाव चिन्ह प्रयोग गरेर मात्रै मतपत्र छपाई गरिनेछ । अहिले ५८ वटा चुनाव चिन्ह मतपत्रमा रहने निश्चित जस्तै भयो । तर अहिले पनि हामी सुची रुजू गरिरहेका छौँ । कसैको अस्वीकृत हुने अवस्था भयो भने त्यसको रद्ध हुनसक्ला होईन भने यो पटक हामीले समानुपातिकतर्फ रहने निर्वाचन चिन्हहरु जम्मा ५८ हुनेकुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छौँ ।’ 

उहाँले बन्दसुचीमा समानुपातिक कलष्टर नमिलेको अवस्था र बन्दसूचिमा भएको उम्मेद्वारले नाम फिर्ता लिन चाहेको बेलामा मात्रै बन्दसूचिमा रहेका नाम परिवर्तन गर्न सकिने बताउनु भयो । अन्यथा नाम परिवर्तन गर्न नमिल्ने उहाँको भनाई छ । अन्तिम सूचि प्रकाशित भएपछि भने केही गर्न नमिल्ने उहाँले जानकारी दिनुभयो । उहाँले निर्वाचनमा पर्यवेक्षण गर्नको लागि ४० वटा पर्यवेक्षण संस्थाले अनुमति पाएको जानकारी जानकारी दिनुभयो ।