२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित



अ+ अ-

कास्की। पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको बसबार स्तरोन्नति स्थगित गरिएको छ ।

सो कार्यका लागि आजदेखि पुस २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने कार्यतालिका रहे पनि प्रतिकूल मौसमका कारण बिजुलीको माग बढ्न गएर फिडरहरूमा समस्या भएपछि केही दिनका लागि स्तरोन्नति स्थगित गरिएको पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरामा एकदुई दिनयताको चिसो मौसमका कारण बिजुलीको माग बढेर पावर ट्रान्सफर्मरमा पनि ओभरलोड भएर समस्या आएको छ ।

“कुँडहरको १३२ केभी बसबारको आज बिहान स्तरोन्नति गरेपछि लाइन सञ्चालन गर्दा प्रतिकूल मौसमका कारण अत्यधिक लोड वृद्धि भएर फिडरहरूमा समस्या आयो ।

त्यसकारणले हाललाई सो कार्य केही दिनका लागि स्थगन गरिएको हो । मौसम अनुकूल भएपछि कार्यतालिका प्रकाशित गरी सो कार्य पुनः सुरु गर्नेछौँ”, केन्द्र प्रमुख यादवले भन्नुभयो ।

विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गतको कुँडहर सबस्टेशनमा बसबार स्तरोन्नतिका लागि बिहान ६ः०० देखि ११ः०० बजेसम्म चार दिनसम्म पोखराको सम्पूर्ण क्षेत्रमा बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको थियो । रासस




भर्खरै