काठमाडौँ । वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई मातृशोक परेको छ ।
आइतबार बास्कोटाकी आमा मिठ्ठु बास्कोटाको १०६ वर्षको उमेरमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि आइतबार बिहानै बास्कोटालाई चाबहिलस्थित ओम अस्पताल पुर्याइएको थियो । उहाँको उपचारको क्रममा निधन भएको हो । उहाँको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनायो ।












