२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माया ग्रुपद्वारा ९ क्रिकेटरसँग प्रायोजन सम्झौता



अ+ अ-

काठमाडौँ। माया ग्रुपले नेपाली क्रिकेटलाई सहयोग पुर्याउने उद्देश्यले नेपाली राष्ट्रिय पुरुष टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित कुल ९ क्रिकेटरलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ ।

काठमाडौंमा आईतवार एक कार्यक्रम आयोजना गर्दै माया ग्रुपले उपकप्तान दीपेन्द्रसहित राष्ट्रिय टोलीकै अन्य सदस्य भीम सार्की, गुलशन झा र नन्दन यादवसँग प्रायोजन सम्झौता गरेको हो।

युवा क्रिकेटर अर्जुन साउद, रिजन ढकाल, प्रसिद्ध जैसी, सुशील रावल र नेपाली यु–१९ महिला क्रिकेट टोलीकी उपकप्तान सोनी पाख्रिनसँग पनि माया ग्रुपले सम्झौता गरेको छ । उक्त कार्यक्रममा सुशील भने उपस्थित थिएनन् । नेपाली क्रिकेट विकासमा दीर्घकालीन योजनासहित सहयोग गर्दै आएको माया ग्रुपका विश्वास छ ।

यो संस्थाले ‘माया’ नामअन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ । यस ग्रुपमा माया क्रिकेट क्लब, माया इन्भेस्टमेन्ट प्रोपर्टी, माया सपोर्टेड लिभिङ, माया स्पोर्ट्स सेन्टर, राष्ट्रिय पोसाक घर (बेलायत) र माया हेटौंडा रोयल्सलगायत संघसंस्थाहरू छन् ।

यस संस्थाले यी प्लेटफर्ममार्फत खेलाडी, एकेडेमी र खेलकुद पूर्वाधारमा निरन्तर सहयोग गर्दै आएको छ । साथै बेलायतमा रहेका नेपाली समुदायलाई एकआपसमा जोड्ने कार्य पनि गरिरहेको माया ग्रुपले जनाएको छ ।

सम्झौतापछि कार्यक्रममा माया ग्रुपका राज पाण्डेले यस सहकार्यले क्रिकेट खेलाडीहरूको प्रतिभा अझ परिस्कृत गर्न केही सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

क्रिकेटरहरूले माया ग्रुपप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अन्य खेलाडीहरूलाई समेत यसले सहयोग पु¥याउने अपेक्षा राखेका छन् । खेलाडीहरूको प्रायोजन रकमबारे भने उल्लेख गरिएको छैन । –न्युज एजेन्सी नेपाल