२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलमा आजदेखि ‘निर्यात मेला’



अ+ अ-

काठमाडौँ। दसौँ निर्यात दिवसका अवसरमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा दुईदिने ‘निर्यात मेला’ सुरु भएको छ ।

नेपाल निर्यात परिषद्को आयोजना, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल हस्तकला महासङ्घको सहकार्यमा आजदेखि दुईदिने निर्यात मेला सुरु भएको हो ।

मेलाको उद्घाटन कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद्विक्रम राणाले विश्व बजारमा नेपाली सामान निर्यात गर्ने नेपाल निर्यात परिषद्ले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।  विदेशमा सामान निर्यातका क्रममा देखिएका झन्झटलाई समाधान गर्नका लागि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले काम गर्दै आइरहेको उहाँको भनाइ थियो ।

नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले नेपालमा उत्पादित हस्तकलाका सामानलाई विदेशमा निर्यात गर्न परिषद्सँग महासङ्घले सहकार्य गरिरहेको बताउनुभयो । निर्यात परिषद्का वरिष्ठ उपाध्यक्ष डा रामशरण थपलियाले विदेशी मुद्रा भित्र्याउने निर्यातजन्य वस्तुमा सरकारले दिइरहेको नगद अनुदान रोकिँदा व्यवसायीहरु मर्कामा परेको बताउनुभयो । उहाँले नगद अनुदान रोक्ने सरकारको निर्णय तत्काल सच्याउन मागसमेत गर्नुभयो ।

मेलामा हस्तकलाका सामान, फेल्ट, धातुका सामग्री, गार्मेन्ट, नेपाली ढाकाका कपडा, उलनका हाते उत्पादनका सामग्रीलगायत २० कक्ष राखिएको परिषद्का महासचिव हरि ढकालले जानकारी दिनुभयो । सोमबारसम्म चल्ने मेलामा सामग्री प्रदर्शन, बिक्रीवितरण र विदेशी व्यवसायीसँग छलफल हुनेछ ।

नेपालबाट आर्थिक वर्ष २०८१÷८२ मा रु दुई खर्ब ७७ अर्ब तीन करोड र चालु आवको चार महिनामा रु ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको तथ्याङ्क छ । रासस