१७ असार २०८३, बुधबार
,
Latest
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडाध्यक्ष सेनद्वारा आफ्नो सेवा सुविधाबाट वडाभित्रका एकल महिलाहरुको स्वास्थ्य बीमा



अ+ अ-

तनहुँ । भिमाद नगरपालिका–३ का वडाध्यक्ष पदमराज सेन ठकुरीले आफूले पाउने सेवा–सुविधाबाट वडाभित्रका आर्थिक रूपमा कमजोर ८ जना एकल महिलाको स्वास्थ्य बीमा गरिदिएका छन्।

आफ्नो सेवा–सुविधाबाट सामाजिक उत्तरदायित्व वहन गर्दै ती महिलाहरूको स्वास्थ्य बीमा गरिदिन पाउँदा आफू अत्यन्तै खुसी भएको वडाध्यक्ष सेनले बताए। उनले बीमामार्फत ती महिलाहरूले आवश्यक स्वास्थ्य सेवा सहज रूपमा पाउने विश्वास व्यक्त गरेका छन्।

वडाध्यक्षले स्वास्थ्य बीमाको भरपूर उपयोग गर्दै महिलाहरूले आफ्नो स्वास्थ्य उपचारमा लाभ लिन सक्ने आशा समेत व्यक्त गरेका छन्।

वडाध्यक्ष सेनले यसअघि पनि आफ्नो सेवा सुविधाबाट वडाभित्र थुप्रै सामाजिक काम गर्दै आएका छन्।