२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानद्वारा देशव्यापी गीति रचना प्रतियोगिता गर्दै



अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले देशव्यापी गीति रचना प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतिष्ठानको ७० औँ वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानले प्रहरी प्रशिक्षण प्रतिष्ठान गान निर्माण गर्ने उद्देश्यले देशव्यापी खुल्ला प्रतिष्ठान गान गीति रचना प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतिष्ठानले आज एक सूचना जारी गरी प्रतियोगितामा भाग लिन चाहनेले माघ १५ गतेभित्र प्रतिष्ठानको महाराजगञ्जस्थित कार्यालयमा उपस्थित भई आफ्नो रचना दर्ता गर्न वा इमेल गर्न सक्ने जनाएको छ ।

निर्णायकबाट छनोट भएको उत्कृष्ट गीति रचनालाई रु ५१ हजार नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरिने र दोस्रो तथा तेस्रो हुने रचनालाई प्रहरीबाट प्रकाशित हुने पत्रिकामा समावेश गर्ने सूचनामा उल्लेख छ ।

प्रतियोगितामा उत्कृष्ट भएको गीति रचनालाई सङ्गीत दिई प्रहरी प्रशिक्षण प्रतिष्ठान गानको रूपमा प्रयोग गर्ने पनि प्रतिष्ठानले जनाएको छ ।रासस