२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु



इरानमा सरकार विरोधी प्रदर्शन ।
अ+ अ-

एजेन्सी । इरानमा आर्थिक कठिनाइविरुद्ध भइरहेको विरोध प्रदर्शनका क्रममा भएको हिंसामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने एक हजार २०० भन्दा बढीलाई हिरासतमा लिइएको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन् । देशको धर्मतन्त्रले एउटा पश्चिमी प्रान्तमा अशान्तिलाई स्वीकार गरेपछि त्यहाँ सुरक्षा बलले एक अस्पतालमा छापा मारेको बताइएको छ ।

एक हप्ताभन्दा बढी समयदेखि जारी प्रदर्शनमा २९ जना प्रदर्शनकारी, चार बालबालिका र दुई जना सुरक्षा बलका सदस्यको ज्यान गएको बताइएको छ । देशका ३१ मध्ये २७ प्रान्तका २५० भन्दा बढी स्थानमा प्रदर्शन फैलिएको जनाइएको छ । इरानभित्रैको कार्यकर्ता सञ्जालमा आधारित रिपोर्टिङ यसअघि पनि विश्वसनीय ठहरिँदै आएको छ ।

अर्ध–आधिकारिक फार्स समाचार एजेन्सीका अनुसार झडपका क्रममा करिब २५० जना प्रहरी र रिभोलुसनरी गार्डका बासिज स्वयंसेवक बलका ४५ सदस्य घाइते भएका छन् । तर सरकारले मृतक र घाइतेको समग्र विवरण सार्वजनिक गरेको छैन ।

सोमबार राति इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इलाम प्रान्तको घटनाबारे ‘पूर्ण अनुसन्धान’ गर्न गृह मन्त्रालयलाई विशेष टोली गठन गर्न निर्देशन दिनुभएको छ । इलामको मालेकशाही क्षेत्रमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाएको देखिने भिडियो सार्वजनिक भएका छन् । उहाँले इलाम सहरको अस्पतालमा सुरक्षाबलले छापा मारेको घटनालाई पनि स्वीकार गर्नुभएको छ । अनलाइन दृश्यमा दङ्गा नियन्त्रण पोसाकमा सुरक्षाकर्मी अस्पताल प्रवेश गरेको देखिन्छ, जहाँ घाइते प्रदर्शनकारी खोजिएको कार्यकर्ताहरूले बताएका छन् ।

अस्पतालमा भएको घटनाको अमेरिकी विदेश मन्त्रालयले कडा आलोचना गर्दै यसलाई ‘मानवता विरुद्धको अपराध’ भनेको छ । फार्सले प्रदर्शनकारी सशस्त्र रहेको दाबी गरे पनि त्यसको पुष्टि हुने प्रमाण सरकारले सार्वजनिक गरेको छैन । इराकसँग सीमा जोडिएको इलाम प्रान्त कुर्दिश र लुर समुदायको बसोबास क्षेत्र हो र गहिरो आर्थिक समस्यामा छ ।

बढ्दो मृतक सङ्ख्याले अन्तर्राष्ट्रिय ध्यान तानेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिपूर्ण प्रदर्शनकारीको हत्या भएमा अमेरिकाले हस्तक्षेप गर्नसक्ने चेतावनी दिनुभएको छ । ट्रम्पको उक्त चेतावनीप्रति इरानी अधिकारीहरूले कडा प्रतिक्रिया जनाएका छन् ।

सन् २०२२ मा महसा अमिनीको हिरासतमा मृत्यु भएपछि देखिएको आन्दोलनयता यो सबैभन्दा ठूलो विरोध प्रदर्शन मानिएको छ । प्रतिबन्ध, युद्धको असर र मुद्राको तीव्र अवमूल्यनले जनआक्रोश बढाएको छ । सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले दङ्गाकारीलाई नियन्त्रणमा राख्नुपर्ने बताउनुभए पनि विरोध प्रदर्शन अझै शान्त भएको देखिँदैन ।




भर्खरै