२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावी तयारीमा जुट्यो एमाले



अ+ अ-

प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालत पुगेको नेकपा एमाले अन्ततः चुनावी तयारीमा लागेको छ। चुनावी वातावरण अझै नबनेको बताउँदै आएको एमाले अन्य दलहरूले भन्दा आगडि नै उम्मेदवार सिफारिस प्रक्रियादेखि घोषणापत्र मस्यौदा लेखन कमिटी र निर्वाचन परिचालन कमिटी बनाएर देश दौडाहमा लाग्ने तयारीमा लागेको हो।

‘चुनावी वातावरण बन्यो भने एमाले अब देश दौडाहमा लाग्छ’, सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भनेका छन्। ओलीले यस्तो भनेपछि सचिवालयले निर्वाचन तयारीमा लाग्ने निर्णय गरेको छ। यो निर्णयसँगै पार्टी पूर्ण रुपमा निर्वाचनमा होमिएको नेताहरुले बताएका छन्।

सचिवालय बैठकमा नेताहरुले वातावरण बनिनसकेको भए पनि चुनावमा जाने निर्णय गर्नुपर्ने धारणा राखेका थिए । जेनजी आन्दोलन छानबिन गर्न बनेको जाँचबुझ आयोगले ओलीलाई लगाएको स्थानहद फुकुवा गरेसँगै एमालेले देशभर चुनावी कार्यक्रमको तयारी थालेको छ।

सचिवालय बैठक मंगलबार ललितपुरको च्यासस्थित केन्द्रीय कार्यालयमा बसेको थियो। बैठकमा अध्यक्ष ओलीले देशभर एकैपटक निर्वाचन नहुन सक्ने भएकाले नेताहरुलाई सचेत रहन र कार्यकर्तालाई त्यसै अनुसार परिचालन गर्न निर्देशन दिए। उनले चुनावमा गडबडी हुन सक्ने भएकाले सबै सचेत रहनुपर्ने बताएका हुन्।

ओलीले कतिपय नियतवश र कतिपय स्वार्थ बोकेर विदेशी शक्तिको दलालीमा लागेका व्यक्तिहरुले चुनावमा अवरोध गर्न सक्ने टिप्पणी गरेका थिए। ‘कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने कतिपय स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएका छन्’, ओलीले बैठकमा भनेका थिए।

ओलीले विकासका नाममा कतिपय मानिस अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अजेन्डा बोकेर हिँडिरहेको पनि बताएको जानकारी एक नेताले दिए। ‘विकासका नाममा एनजिओरआइएनजिओका अजेन्डा बोकेर आउनेहरूले राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रुपमा बदनाम गर्ने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरेको देखिन्छ,’ ओलीले भने।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको प्रसंग उठाउँदै ओलीले त्यसमा रवि लामिछाने र बालेन साह पनि दोषी भएको दाबी गरेका थिए।

बैठकमा ओलीले आफ्नै संयोजकत्वमा उपाध्यक्षहरु रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरु ईश्वर पाखेरल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको घोषणापत्र मस्यौदा समिति बनाउन प्रस्ताव गरेका थिए। बैठकले सो प्रस्ताव पारित गरेको छ। त्यस्तै बैठकले पाध्यक्ष रामबहादुर थापाको संयोजकत्वम निर्वाचन परिचालन कमिटी पनि बनाएको छ।

निर्वाचन परिचालन कमिटीको सदस्यहरुमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी छन्। माओवादीबाट एमालेमा समाहित भएका थापालाई निर्वाचन परिचालनको जिम्मा दिइएको हो। ओलीले प्रत्यक्षतर्फ उम्मेदवारी नदिने नेताहरुलाई यो जिम्मेवारी दिएको बताएका छन्। यो जिम्मेवारीमा रहेका भट्टराईले भने तेस्रो पटक काठमाडौं ४ बाट चुनाव लड्ने सोच बनाएका छन्। उनी दुई पटक गगन थापासँग पराजित भएका थिए।

एमालेले निर्वाचन अभियान सञ्चालनका लागि प्रदेश इन्चार्ज पनि तोकेको छ। कोसीमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा गणेश ठगुन्ना र काठमाडौं उपत्यकामा राजन भट्टराईलाई इन्चार्ज तोकिएको छ। बैठकले संगठन विभागको इन्चार्ज भानुभक्त ढकाललाई तोकेको छ। उनी ११ औ महाधिवेशनमा सबैभन्दा कम मत ल्याएर सचिवमा निर्वाचित भएका थिए।

पार्टी उपमहासचिवग लेखराज भट्टका अनुसार निर्वाचनमा ७७ जिल्लामा भूगोलकेन्द्रित रहेर केन्द्रीय सदस्यहरूलाई परिचालन गर्ने निर्णय समेत भएको छ। ‘बैठकले पदाधिकारी र केन्द्रीय सदस्यलाई निर्वाचनमा केन्द्रित रहन निर्देश गरेको छ’, भट्टले भने, ‘निर्वाचनमा निर्वाह गर्ने भूमिकाका आधारमा उनीहरूको आगामी जिम्मेवारी निर्धारण गरिनेछ।’

एमालेका निर्वाचन क्षेत्र र जिल्ला तहकाअ कमिटीहरूले सम्भावित उम्मेदवारको नाम सिफारिस गरी माथिल्लो कमिटीमा पठाइसकेका छन्। केही जिल्ला र क्षेत्रबाट उम्मेदवार सिफारिस हुन बाँकी छ। सिफारिस गर्न बाँकी कमिटिीलाई चाँडै नाम पठाउन बैठकले आग्रह गरिएको छ। नागरिक दैनिक




भर्खरै