काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा तीन दलले चुनावी तालमेल गरेका छन् ।
सीट संख्यामा असहमति जनाउँदै नेपाली कम्युनिस्ट पार्टी बाहिरिएपछि कांग्रेस, एमाले र जसपाले चुनावी तालमेल गरेका हुन् । जसअनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले पाएको एक सिटमा महन्थ ठाकुर उम्मेदवार बन्ने भएका छन् ।
कांग्रेसले ९ सीटमा कोशीबाट सुनिल थापा, मधेसबाट धमेन्द्र पासवान र रञ्जीत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ ।
यस्तै, एमालेले कोशी प्रदेशमा रोशनी मेचे, बागमतीमा डा प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाइएको छ ।
माघ ११ गते तोकिएको राष्ट्रियसभा निर्वाचनको लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।












