काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारको टुङ्गो लगाएको छ । कांग्रेस र एमाले गठबन्धनबाट बाहिरिएपछि नेकपाले सातै प्रदेशमा एकल उम्मेदवारी दिन लागेको हो ।
नेकपाले गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवार चयन गरेको छ ।
यी हुन् नेकपाका उम्मेदवारहरुः
कोशीः खेमराज सुन्दास, हेमराज घिमिरे, नमिता न्यौपाने
मधेशः रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान, समिकुमारी अग्रवाल
बागमतीः प्रेम प्रसाद सापकोटा, सरोज कुमारी झा
गण्डकीः कपिल लामा
लुम्बिनीः दुर्गा भण्डारी, वृहस्पति अधिकारी सर्जन बिक
कर्णालीः बुद्धिप्रसाद शर्मा, अन्जु महतरा
सुदूरपश्चिमः टीकाराम जैशी, रोजी बस्नेत सुनार












