२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरि हिल्स लिमिटेडको १६औँ वार्षिक साधारण सभा: स्थानीयलाई टिकटमा ५० प्रतिशत छुट



अ+ अ-

काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरी नगरपालिकाका सबै वडा, चित्लाङ र चखेलका स्थानीय वासिन्दालाइ केवलकारको टिकटमा माघ १ गतेदेखि ५० प्रतिशत छुट को ब्यबस्था गरेको छ ।लिमिटेडको १६औँ वार्षिक साधारण सभामा अध्यक्ष हेमराज ढकालले यस्तो जानकारी गराउनु भएको छ ।

पुस २३ गते सम्पन्न्न भएको सााधारणसभाले आर्थिक वर्ष २०८१/ ०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण (वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण) सम्बन्धी प्रस्ताब पारित गरेको छ ।

सभाले कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश पनि वितरण गरिने कम्पनीले जनाएको छ।

त्यस्तै, विशेष प्रस्तावअन्तर्गत सञ्चालक समितिमा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन भएको छ भने बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन, सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने पनि पारित गरेको छ ।

यसैगरी, सञ्चालक समितिका सदस्यहरुलाई प्रदान गरिने सेवा सुविधा सम्बन्धी प्रस्ताव तथा प्रभु बैंक लिमिटेडबाट नयाँ परियोजना निर्माणका लागि लिइएको कर्जा अनुमोदन गर्ने विषय पनि साधारण सभाले पारित गरेको छ ।