काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै आज सुन प्रतितोला र्दुई लाख ६५ हजार सात रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार उक्त सुन प्रतितोला दई लाख ६७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहिबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला एक सय रुपैँयाले घटेर चार हजार आठ सय ३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाचएको छ ।







