२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स



अ+ अ-

काठमाडौं । चालू आर्थिक वर्ष ०८२/८३ को पाँच महिनामा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ ।

यससँगै रेमिट्यान्स ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ । मङ्सिर महिनामा मात्रै रेमिट्यान्स आप्रवाह एक खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाहमा ४.७ प्रतिशतको वृद्धि भएको थियो भने मङ्सिर महिनामा रेमिट्यान्स एक खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ पुगेको थियो ।

यस्तै, यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६३ हजार ९२४ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा एक लाख ९० हजार ३८४ ले नयाँ श्रम स्वीकृति लिएका थिए भने एक लाख ३५ हजार ४२५ जनाले पुनःस्वीकृति लिएका थिए ।