१३ असार २०८३, शनिबार
,
Latest
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुखको हाँगाले लागेर महिलाको मृत्यु



अ+ अ-

उदयपुर। रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–७ हाङबजारकी एक महिलालाई रुखको हागाले लागेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचान अधिकारी केदारमान दोङका अनुसार रुखको हाँगाले लागेर चौनपा–७ की ४२ वर्षीय नमिता राईको मृत्यु भएको हो ।

आज बिहान १०ः०० बजे स्थानीय पञ्चमी सामुदायिक वनमा रुख ढाल्ने क्रममा राईलाई रुखको हाँगाले टाउकोमा लागेर गम्भीर घाइते भएकी थिइन् ।

बेल्टार नगर अस्पतालमा उपचारका क्रममा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राईको शव परीक्षणपछि आफन्तलाई जिम्मा लगाइएको सूचान अधिकारी दोङले बताउनुभयो । रासस