२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मचाडोद्वारा पुरस्कार बाँड्ने प्रस्ताव गरेको राष्ट्रपति ट्रम्पको दाबी



अ+ अ-

वासिङ्टन। भेनेजुयलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार आफुसँग बाँड्ने प्रस्ताव गर्नुभएको र आगामी हप्ता हुने भेटका क्रममा उहाँलाई आफ्नो पुरस्कार दिन सक्ने सङ्केत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो, “म बुझ्छु कि उहाँ त्यसो गर्न चाहनुहुन्छ । त्यो ठूलो सम्मान हुनेछ ।” यद्यपि, ओस्लोस्थित नोबेल इन्स्टिच्यूटले एक व्यक्तिबाट अर्को व्यक्तिलाई पुरस्कार हस्तान्तरण गर्न नसकिने बताएको छ ।

“नोबेल पुरस्कारलाई न खारेज गर्न सकिन्छ न अरुलाई हस्तान्तरण गर्न सकिन्छ,” नोबेल इन्स्टिच्युटका प्रवक्ता एरिक आसेमले भन्नुभयो ।

“एक पटक पुरस्कार विजेताको घोषणा गरिसकेपछि निर्णय सदाको लागि लागु हुन्छ,” उहाँले भन्नुभयो, “यद्यपि पुरस्कार रकमबारे पुरस्कार विजेताहरू आफूले चाहेको कुरा गर्न स्वतन्त्र छन्।”

बिहीबार ट्रम्पले आफूले पुरस्कार जित्न नसक्नु नर्वेको कमजोरी भएको र यो उसका लागि ‘ठूलो लज्जा’ भएको बताउनुभएको थियो ।

स्क्यान्डिनेभियन देश (नर्वे) को संसदले पाँच सदस्यीय समितिको चयन गर्ने भए पनि नोबेल पुरस्कार प्रदान गर्ने समितिले भने आफ्नो निर्णय नर्वे सरकारबाट पूर्ण रूपमा स्वतन्त्र भएर गर्न सक्छ ।

नर्वेका विदेश मामिला हेर्ने राज्य सचिव इभिन्ड भाड पिटर्सनले एएफपीसँग भन्नुभयो, “नोबेल समितिको निर्णयसँग नर्वेको कुनै हस्तक्षेप हुँदैन ।”

ट्रम्प र मचाडोबीच आगामी हप्ता भेटवार्ता हुँदै

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाकी विपक्षी नेतृ मचाडोसँग अर्को साता वासिङ्टनमा भेटवार्ता गर्नुहुने भएको छ ।

एकवर्ष भेनेजुएलामा भूमिगत रूपमा रही हालै गोप्य रूपमा ओस्लोमा पुगेका मचाडो र अमेरिकी राष्ट्रपति ट्रम्पबीच अमेरिकी सेनाले भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गरेको एक हप्तापछि भएको यो पहिलो बैठक हो।

फक्स न्यूजका प्रस्तोता सिन ह्यानिटीसँगको अन्तर्वार्तामा ट्रम्पले भन्नुभयो, “मैले बुझेको छु उहाँ अर्को हप्ता आउँदै हुनु्हुन्छ र म उहाँलाई स्वागत गर्नेछु ।”

ट्रम्पले गत हप्ता भन्नुभएको थियो, “मचाडोलाई भेनेजुएलाभित्र देशको नेतृत्व गर्न सम्मान वा समर्थन छैन । त्यसैले अमेरिकाले भेनेजुएलालाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने र उहाँका लागि समर्थन जुटाउने काम गर्नेछ।”

मदुरोका अन्तरिम नेता डेल्सी रोड्रिगेजको नेतृत्वमा रहेको दक्षिण अमेरिकी देश नयाँ निर्वाचन गराउने अवस्थामा नरहेको उहाँले बिहीबार फक्स न्यूजसँग बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले देश पुनर्निर्माण गर्नुपर्छ । उनीहरूले चुनाव गर्न सक्दैनन् । उनीहरूलाई अहिले चुनाव कसरी गर्ने भन्ने पनि सोच्न सकिरहेका छैनन् ।” (रासस/एएफपी)