२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो



अ+ अ-

एजेन्सी । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेर १४ पुगेको अधिकारीहरूले शनिबार बताएका छन् ।

अधिकारीहरुका अनुसार दुर्घटनामा ४० जना यात्रु घाइते भई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका छन् भने घाइते भएका मध्ये केहीको अवस्थामा गम्भीर छ ।

हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब १४२ किलोमिटर दक्षिणपूर्वमा सिरमौर जिल्लाको हरिपुरधार गाउँमा शुक्रबार एयटा यात्रु बहाक बस सडकबाट चिप्लीएर ५०० मिटर गहिरो घाटीमा खसी दुर्घटनाग्रस्त भएको जनाइएको छ ।

अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गर्दै धेरै व्यक्तिहरू अस्पतालमा अझै गम्भीर अवस्थामा रहेको स्थानीय सरकारका मन्त्री जगत सिंह नेगीले बताउनु भएको छ ।

अधिकारीहरूका अनुसार बसमा ६६ जना यात्रुहरु सवार थिए भने बस सोलनबाट हरिपुरधार जाँदै गर्दा दुर्घटना भएको थियो ।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको भारतको अल इन्डिया रेडियोले जनाएको छ ।




भर्खरै