२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानमा दुई करोड भन्दा बढी मानिसहरूले गम्भीर खाद्य असुरक्षाको सामना गर्दै : संयुक्त राष्ट्रसङ्घ



अ+ अ-

जेनेभा। मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का प्रवक्ता जेन्स लार्केले जनवरी – ९ मा सुडानमा द्वन्द्व सुरु भएको एक हजार दिन बितिसकेको चेतावनी दिँदै हाल दुई करोड १० लाख भन्दा बढी मानिसहरूले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको जनाएको छ ।

पत्रकारहरुसँगको नियमित साक्षातकारमा बोल्दै लार्केले सुडानमा करिब तीन करोड ४० लाख मानिसहरूलाई अहिले मानवीय सहायताको आवश्यकता रहेको उल्लेख गर्दै सुडानको सम्पूर्ण क्षेत्रमा सङ्कट फैलिएको जनाउनु भएको छ ।

उहाँले सुडानले विश्वको सबैभन्दा ठुलो विस्थापन सङ्कटको सामना गरिरहेको कुरामा जोड दिदै “९३ लाख मानिस देशभित्रै विस्थापित भएको र ४३ लाख भन्दा बढी सीमापार भागेको बताउनु भएको छ ।

ओसिएइचएका अनुसार एल फासेर र काडुगलीमा अनिकालको पुष्टि भएको छ र कम्तिमा २० अन्य क्षेत्रहरू जोखिममा छन् । “हाल देशभरि दुई करोड १० लाखभन्दा बढी मानिसहरू तीव्र रूपमा खाद्य असुरक्षामा रहेको अनुमान गरिएको लेर्केले उल्लेख गर्नु भयो ।

महिला तथा बालबालीकाले सबैभन्दा ठुलो बोझ झेलिरहेको बताउदै । “महिला–नेतृत्व भएका परिवारहरूले खानाको लागि पर्याप्त नभएको उल्लेख गर्दै भोकमरी बढ्दै गइरहेको उल्लेख गर्नु भएको छ ।

लार्केले संयुक्त राष्ट्रले स्थायी शान्तिका साथै अन्तर्राष्ट्रिय मानवीय कानूनको कडा पालनाका लागि वास्तविक कदम चाल्न आग्रह गरिरहेको बताउनु भएको छ । (रासस/सिन्ह्वा)