काठमाडौं । गायक प्रशान्त तामाङको निधन भएको छ ।
तामाङको दिल्लीस्थित आफ्नै निवासमा आइतबार निधन भएको हो ।
इण्डियन आइडल विजेता समेत रहेका तामाङको ४२ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।
उनले स्वर दिएका धेरै नेपाली गीतहरु चर्चित रहेका छन् । तामाङको निधन भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा प्रमोद खरेलले लेखेका छन्, ‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्यो । प्रिय प्रशान्त तामाङ हामीबिच रहनु भएन छ । उफ् ! वैकुण्ठ मा वास होस ।’












