२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश संवेदनशिल बिन्दुमा छः राजेश हमाल



अ+ अ-

काठमाडौँ । महानायक राजेश हमालले देश अहिले संवेदनशिल बिन्दुमा रहेको बताउनुभएको छ ।

बिर्तामोडमा आईतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालीहरुको जीवन सामान्य रुपमा अघि बढेको जस्तो देखिएपनि देश जटिल परिस्थितिमा रहेको उल्लेख गर्नुभयो । उहाँले सरकार निर्वाचित जनप्रतिनिधिले नभइ चुनावी सरकारले सञ्चादन गर्नु विडम्बना भएको जिकिर गर्नुभयो । उहाँले चुनौतिसँगै अवसर रहने तर चुनौतिको समाधान गर्नेकुरा आम नागरिककै हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले राष्ट्र र नेपालीहरु जुन मोडमा छाँै, यसो बाहिर हेर्दा जीवन सामान्य रुपमा अघि बढाउने प्रयास गरिरहे पनि असाध्यै संवेदनशिल बिन्दुमा उभिएका छौँ । हालै आन्दोलनपछि हामीले चुनेको प्रतिनिधिले यो राष्ट्र चुनिरहनुभएको छैन । यो राष्ट्रलाई चुनावी सरकारले सञ्चालन गरिरहेको छ । त्यो विडम्वना हो । राष्ट्र संवेदनशिल परिस्थितिबाट गुज्रिरहेको छ ।’

नेपाली जनता भन्दा शक्तिशाली अरु कोही नरहेको बताउनु भयो । उहाँले विगतमा नेतृत्व गर्नेहरु पनि जनताबाट नै चुनिएर आएको बताउनु भयो । भविष्यमा कस्तो व्यक्तिलाई देशको जिम्मेवारी दिने भन्नेकुरा पनि आम नागरिककै हातमा रहेको बताउनु भयो ।