२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विगतका कमजोरी कमजोरी दोहोरिन नदिने संकल्प गर्न विशेष महाधिवेशन गर्‍यौंः महामन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेका कमजोरी र पार्टीभित्र रहेका समस्याको समीक्षा गर्दै आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिने संकल्प गर्न विशेष महाधिवेशन आयोजना गरिएको बताउनुभएको छ ।

काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महान्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने उल्लेख गर्दै नयाँ सोच र संकल्प लिएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले असन्तुष्टि, अस्थिरता र द्वन्द्वको पृष्ठभूमिमा पनि काँग्रेसको नेतृत्वमा मुलुकमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धी भएको दाबी गर्नुभयो । उहाँले भदौ २३ र २४ गते भएका घटनालाई अलग–अलग रूपमा हेर्नुपर्ने भन्दै अब सद्भाव, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फागुन २१ गतेको निर्वाचनमा काँग्रेसले गरेका कमजोरी र समस्याहरुको पहिचान गरेर अगामी दिनमा त्यस्तो हुन दिँदैनौँ भन्ने संकल्प गरेर जानको लागि हामीले विषेश महाधिवेशन बोलाएका हौँ । असन्तुष्टि थिए । म स्मरण गराउन चाहन्छु ? असन्तुष्टि मात्रै थिएनन्, अस्थिरता, द्धन्द्ध र हिंसाको बिचबाट पनि यी सबैको बाबजुद गाउँ गाउँमा सडकहरु पुगेका थिए । सञ्चारको सुविधा पुगेको थियो । चाहे राज्यको क्षेत्रबाट होस् चाहे निजी क्षेत्रको तर्फबाट केही न केही प्रगति भएको थियो । नीजि क्षेत्रको व्यापक विस्तारले केही सम्भावनाहरु बढाएको थियो । यो काँग्रेसको नीतिमा भएको थियो र काँग्रेसले नेतृत्व गरेको बेला भएको थियो । सधैं राज्यलाई योगदान दिने तर विभिन्न आन्दोलनको बेला प्रताडना भोग्ने नीजि क्षेत्रलाई पनि आज सम्झिन चाहान्छौँ । भदौ २३ र २४ को घटनालाई अलग अलग रुपमा हेर्नुपर्छ हामी हेर्नेछौँ ।’

उहाँले प्रत्यक्ष अप्रत्यक्ष रुपमा मुलुकलाई सहयोग गरिरहने तर सधैं प्रताडना भोगिरहने वर्गलाई सम्मान गर्न महाधिवेशन आह्वान गरिएको बताउनु भयो ।