काठमाडौँ। आइतबार राति दक्षिणी लेबनानको बिन्त जेबैल शहरमा इजरायली ड्रोनद्वारा गरिएको हवाई आक्रमणमा एक लेबनानी सरकारी कर्मचारीको मृत्यु भएको छ ।
सरकारी सञ्चार माध्यमकाअनुसार निर्देशित मिसाइल प्रयोग गरी एउटा कारलाई लक्षित गरिएको थियो । जसमा स्थानीय बासिन्दा मोहम्मद अदेल अल सघिरको ज्यान गएको छ ।
सोही दिन इजरायली युद्धविमानहरूले लिटानी नदीको उत्तरमा ३५ भन्दा बढी हवाई आक्रमण गरी ७० वटा मिसाइल प्रहार गरेका छन् ।
जसले कफर हत्ता गाउँका दर्जनौं आवासीय भवनहरूमा व्यापक क्षति पु¥याएको छ । स्थानीय अधिकारीका अनुसार यी आक्रमणहरूले पूर्णरूपमा नागरिक बसोवास भएका क्षेत्रहरूलाई लक्षित गरेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल











