२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको विशेष महाधिवेशन: बन्दसत्र सुरु, ८८ वर्षीय प्रतिनिधि श्यामकुमार खड्काले अध्यक्षता गर्ने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ।

काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन बिहान ८ बजे नै बन्दसत्र सुरु हुने भनिए पनि प्रतिनिधिको नाम दर्तालगायत काम बाँकी रहेकाले बिहान झन्डै साढे ११ बजे मात्र सुरु भएको छ ।

बन्दसत्रको अध्यक्षता ८८ वर्षीय प्रतिनिधि श्यामकुमार खड्काले गर्ने तयारी आयोजक समितिले गरेको छ । बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि खड्कालाई दिने निर्णय भएको प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलले जानकारी दिनुभयो ।

महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन भइरहेको हो।

यता विशेष महाधिवेशनको अबस्थाका बारेमा नेता शेखर कोइराला आफू निकटका नेता तथा कानुन व्यवसायीहरूसँग छलफल गर्नुभएको छ । कोइरालाको सम्पर्क कार्यालयमा उहाँ निकट केन्द्रीय सदस्य, कानुन व्यवसायी, जिल्ला सभापति लगायत नेताहरू सहभागी रहेको कोइरालाको सचिवालय स्रोतले जनाएको छ ।