२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनलाई प्रदीपको सुझाब: संविधान र राष्ट्रियतामाथिकै आक्रमणलाई पनि जायज ठहर्‍याउन थालियो भने कहाँ पुगिएला ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञावलीले नेपली कांग्रेसले मतभेदलाई सुझबुझपूर्ण ढङ्गले समाधान गर्दै अझ एकताबद्ध र सुदृढ बन्न सकोस भन्ने शुभकामना दिनु भएको छ ।

सामाजिक संञ्जालमा एक स्टाटस राख्दै नेता ज्ञावलीले कतिपय नेताका अभिव्यक्ति र पेश गरिएका दस्ताबेजमा प्रस्तुत एउटा विषय भने अलि गंभीर खालको रहेको जनाउनु भएको छ ।

उहाँले भन्नुभएको छ भदौ २४ गते मुलुकमा भएको विध्वंश र त्रासदीप्रति रहस्यमय मौनता या तुष्टिकरण ।

उहाँले लेख्नुभएको छ

नेपाली काँग्रेसको विशेष महाधिवेशन जारी छ । त्यहाँ चलिरहेका बहस, विमर्श र विवादलाई नजिकबाट नियालिरहेको लोकतान्त्रिक आन्दोलनको सहयात्रीको हैसियतले हाम्रो यौटै कामना छ– मतभेदलाई सुझबुझपूर्ण ढङ्गले समाधान गर्दै नेपाली काँग्रेस अझ एकताबद्ध र सुदृढ बन्न सकोस् ।

तर कतिपय नेताका अभिव्यक्ति र पेश गरिएका दस्ताबेजमा प्रस्तुत एउटा विषय भने अलि गंभीर छ । त्यो हो– भदौ २४ गते मुलुकमा भएको विध्वंश र त्रासदीप्रति रहस्यमय मौनता या तुष्टिकरण । सत्य हो– समाजमा असन्तुष्टि थियो । सत्य हो– युवाहरुसँग समाज, सत्ता र संस्थाहरुको दूरी एक हदसम्म बढेको थियो ।

त्यो असन्तुष्टि भदौ २३ गते पूर्वाह्नमा भद्र प्रदर्शनमा प्रकट भएको थियो । तर अपराह्नपछि त्यो प्रदर्शन न आयोजकहरुले भनेजस्तो शान्तिपूर्ण रह्यो, न उनीहरुको नियन्त्रणमा नै । प्रदर्शनभित्र घुसपैठ गरेर त्यसलाई रक्तपातमा रुपान्तरण गर्ने र युवाहरुलाई मानवढाल बनाउने कृत्यमा सङ्लग्नहरुलाई पनि ’जेन्जी आन्दोलनकारी‘ ठान्ने हो र त्यसकै आडमा भोलिपल्ट भएको देश दहनलाई पनि प्रकारान्तरले उचित ठहर्‍या उने हो भने त्यस अपराधलाई बैधता दिएको ठहर्छ ।

समाजमा असन्तुष्टिहरु हुन्छन् । आज पनि छन् । ४ महिना बित्दानबित्दै कथित नागरिक सरकारप्रति सर्वत्र असन्तुष्टि देखिएको छ– उर्जा व्यापारमा गरिएको घोटालालाई लिएर, घाइतेहरुको उपचारमा गरिएको वेवास्तालाई लिएर, विभिन्न गैरकानुनी काममा सङ्लग्नहरुलाई गरिएको संरक्षणलाई लिएर, मन्त्रीहरुका विवादास्पद निर्णय र अभिव्यक्तिलाई लिएर । स्वयं ‘जेन्जी अभियन्ता’ हरु असन्तुष्ट छन् ।

तर यसको अर्थ अब यसै बहानामा पुन: सिँहदरबार जलाउनु उचित ठहरिन्छ ?

अराजकता र आन्दोलन एउटै होइनन् । विध्वंश र विद्रोह एउटै होइनन् ।

आन्दोलन, विद्रोह या क्रान्तिका निश्चित नैतिक मूल्य र सीमाहरु हुन्छन् ।

नेतृत्वका गल्ती थिए होलान्, भोलि अर्को नेतृत्वबाट पनि गल्ती होलान्, तर त्यस बहानामा भएको लोकतन्त्र, संविधान र राष्ट्रियतामाथिकै आक्रमणलाई पनि जायज ठहर्‍याउन थालियो भने कहाँ पुगिएला ?

राजनीतिमा साधन र साध्यको सङ्गतिपूर्ण अन्तरसम्बन्ध हुनुपर्छ । गलत साधनबाट सही साध्यमा पुग्न सकिँदैन ।

विध्वंशका ‘नायक’ हरु त अरुहरु नै छन् । कोही भदौ २४ मै दिग्विजयी मुद्रामा जेलबाट बाहिर निस्केर सिँहदरबार जाँदै थिए, कोही ‘भावी प्रधानमन्त्री’ को पगरी गुथेर त्यही खरानी टेक्दै अगाडि बढ्दैछन् ।

नेतृत्वका गल्तीको विरोध गर्ने नाममा कम्तीमा नेपाली काँग्रेसका साथीहरु त्यही बाटोमा नहिँडे हुने हो ।