२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटः नेपालीसहित ६ जना बेपत्ता



अ+ अ-

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी हुँदा नेपालीसहित ६ जना बेपत्ता भएका छन् ।

सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने नेपालीसहित ६ जना बेपत्ता भएका हुन् ।

सल्यानको सिद्ध कुमाख गाउँपालिका-२ का अध्यक्ष मेकबहादुर बुढाथोकीले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त घटनामा आफ्नो वडाका दुई परिवारका गरी ९ जनाको मृत्यु भएको दाबी गरेका छन् ।

वडाध्यक्ष बुढाथोकीले घटनाप्रति दुःख व्यक्त गर्दै वडामा शोक विदा समेत दिएका छन् ।

दिल्लीस्थित नेपाली दूतावासले भने घटनामा केही नेपाली पनि परेको भन्ने सूचना पाएको बताएको छ । उक्त उक्त घटनामा केही नेपाली परेको भन्ने सूचना आएको र यसबारेमा भारतीय प्रहरीसँग समन्वय भईरहेको दूतावासका प्रहरी सहचारी एसएसपी प्रकाश मल्लले जानकारी दिए ।

भारतीय अधिकारीहरूले उक्त घटनामा ३ जनाको शव फेला परेको र घटनामा केही नेपाली र बिहारका मानिस परेको हुन सक्ने आशंका गरेको छ ।