१६ असार २०८३, मंगलवार
,
Latest
लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली पत्रकारितामा गुणस्तर बृद्धि गर्न आवश्यकता छ : सञ्चारमन्त्री खरेल



फाइल फोटो
अ+ अ-

काठमाडौँ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली पत्रकारितामा गुणस्तर बृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

सूचना तथा प्रसारण विभागद्वारा आज आयोजित पत्रकारिता अध्ययनरत विद्यार्थीहरूका लागि अभिप्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले सत्य, तथ्य र विश्वसनियतासहित अध्ययन÷अनुसन्धानमा आधारित व्यावसायिक पत्रकारिताको निम्ति आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “पत्रकारिता पढेर र पत्रकारिता गरेर जिन्दगीलाई अगाडि बढाउन सम्भव छ, किनभने पहिला पत्रकारितामा प्रतिस्पर्धा पनि कम थियो, अवसर पनि कम थियो, निश्चित मानिसहरूको बीचमा मात्रै प्रतिस्पर्धा हुन्थ्यिो, सामान्य मान्छे पनि अलिअलि मेहनत गरेर टेलिभिजनमा काम गर्न सक्थ्यो, तर अहिले अवसर पनि छ, प्रतिस्पर्धा पनि छ, प्रतिस्पर्धाको निम्ति पत्रकारले आफ्नो अध्ययन÷अनुसन्धानलाई तीव्रता दिनुपर्छ ।”

नेपाली पत्रकारितामा टिकिराख्न सिर्जनात्मक, उत्कृष्ट वा भिन्न हुनुपर्ने सरकारका प्रवक्ता खरेलको भनाइ छ । उहाँले भन्नुभयो, “अध्ययनबिन पत्रकारितामा केही बोल्न सकिँदैन, लेख्न पनि सकिँदैन, हामी सबै पत्रकारको कमजोरी भनेको कुनै पनि विषयमा अध्ययन/अनुसन्धान गर्दैनौँ, व्यावसायिक पत्रकारिताका लागि अध्ययन/अनुसन्धान आवश्यक छ ।”

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले प्रविधिको प्रभावले स्रोत फराकिलो, सङ्कटमा पत्रकारिता, पत्रकारिताको पेसागत सुरक्षा इमान्दारिता खोजमूलक र जिम्मेवार पत्रकारिता जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार आचार्यले पत्रकारिताको योग्यता परीक्षण हुनुपर्ने बताउँदै विश्वसनीय र जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याउनुभयो । तीन दिनको तालिममा ४५ जना सहगागी छन् । रासस