२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस विशेष महाधिवेशनः सहमहामन्त्रीमा दुई जनाको उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत निर्वाचन समितिमा अहिलेसम्म पदाधिकारीतर्फ दुई जनाको उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन समितिका अनुसार दुवै उम्मेदवारी सहमहामन्त्री पदका लागि परेको हो। सहमहामन्त्रीमा थारु क्लस्टरबाट डा. गोपाल दहित (बर्दिया) र खस आर्य क्लस्टरबाट भरतबहादुर खड्का (डोटी)ले मनोनयन दर्ता गराएका छन्।

सभापति, उपसभापति र महामन्त्री पदमा भने अहिलेसम्म कसैको पनि उम्मेदवारी दर्ता नभएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन कार्यतालिकाअनुसार मनोनयन दर्ता प्रक्रिया जारी रहेको छ।