२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसको उच्च–गति रेल इन्जिनको परीक्षण सफल



अ+ अ-

मस्को। रूसले आफ्नै देशमा विकास गरेको उच्च–गति रेलका लागि प्रयोग हुने ‘असिन्क्रोनस’ मोटरले सबै आवश्यक स्वीकृति परीक्षण सफलतापूर्वक पास गरेको छ ।

रूसी रेलवेको जानकारी अनुसार यस मोटरको सञ्चालन क्षमता र ऊर्जा प्रयोग गर्ने दक्षता विश्वका अग्रणी मोटरसँग तुलनायोग्य रहेको छ ।

यो मोटरको परीक्षण पश्चिमी रूसको चेल्याबिन्स्क सहरमा रहेको रूसी विद्युतीय मोटर उद्योगको कारखानामा गरिएको थियो । परीक्षणका क्रममा मोटरको स्थायित्व, सुरक्षा र लामो समयसम्म काम गर्ने क्षमता जाँच गरिएको थियो । परीक्षण परिणाम सन्तोषजनक आएको रूसी रेलवेको भनाइ छ ।

‘टिएडी’ छ सय पचास नाम दिइएको यो मोटर छ सय पचास किलोवाट रहेको छ । यसको कार्यक्षमता ९६ प्रतिशतसम्म पुगेको छ, जसले गर्दा कम ऊर्जा खर्चमा बढी काम गर्न सकिने बताइएको छ ।

मोटरको तौल करिब सात सय पचास किलोग्राम छ र यसलाई सानो तथा कम्प्याक्ट बनावटमा तयार गरिएको छ, जसले रेलको समग्र तौल घटाउन मद्दत पु¥याउँछ । उक्त मोटर उराल लोकोमोटिभ्स कम्पनीले निर्माण गरिरहेको छ । यी मोटर रेलहरूमा प्रयोग गरिनेछ ।

मस्को र सेन्ट पिटर्सबर्गलाई जोड्ने रूसको पहिलो उच्च–गति रेलमार्ग दुई हजार अठाइस सालमा पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

यो रेलमार्ग सञ्चालनमा आएपछि दुई सहरबीचको यात्रा समय करिब दुई घण्टा पन्ध्र मिनेटमा झर्नेछ, जसले यात्रुलाई छिटो, सहज र आधुनिक यातायात सेवा उपलब्ध गराउने विश्वास गरिएको छ । रासस