२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस फुटको डिलमा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका विभिन्न गुटबीचको मतभेद र विशेष महाधिवेशनको गतिवधिले पार्टीको भविष्यमा अनिश्चितता सिर्जना गरेको छ ।

भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा पार्टीका अधिकांश प्रतिनिधिहरू सहभागी भए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका राजनीतिक र सांगठानिक प्रतिवेदन पारित भए पनि सहमतिको सम्भावना अझै कमजोर देखिएको छ । थापाले समसामयिक राजनीतिक र शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

महामन्त्री गगन थापाले अब कुनै पनि सहमति विशेष महाधिवेशनको हल बाहिरबाट स्वीकार्य नभएको जिकिर गर्दै भन्नुभयो– ‘अब बाहिरको कुराले हुँदैन । यो हलले नै सबै विषयको निर्णय गर्नुपर्छ । हाम्रो उद्देश्य पार्टीभित्र विद्रोह नभई नीति र नेतृत्व परिवर्तनको मागलाई उपलब्धिपूर्ण ढंगले टुंग्याउनु हो ।’

त्रिपक्षीय वार्ता समितिले दिनभर छलफल गरे पनि पार्टीको पुरानो र नयाँ गुटबीच सहमति हुन सकेको छैन । सभापति शेरबहादुर देउवाले भने पार्टीलाई मजबुत बनाउने र विग्रहको बाटोमा नजाने आग्रह गर्नुभएको छ । तर, नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरु भएसँगै सहमतिको सम्भावना झिनो हुँदै गएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समितिको बैठक मंगलवार नै बोलाउनु भए तापनि बैठक आज बुधबारमात्रै बस्ने भएको छ । अहिलेको अवस्थालाई हेर्ने हो भने अब कांग्रेस विभाजनउन्मुख भएको छ । आइतबारदेखि भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशन र मंगलवार दिनभर भएका त्रिपक्षीय वार्ताले केही सहमति र प्रगतिका संकेत देखाए पनि पार्टीमा विभाजनको सम्भावना अझै कायम छ ।

पार्टी विवाद अन्त्यका लागि गठन गरिएको त्रिपक्षीय वार्ता समितिमा सभापति शेरबहादुर देउवाको समूहबाट रमेश लेखक र बालकृष्ण खाँण, नेता शेखर कोइरालाको समूहबाट जीवन परियार र मीनेन्द्र रिजाल, र विशेष महाधिवेशन पक्षबाट देवराज चालिसे, मधु आचार्य तथा प्रदीप पौडेल सहभागी छन् ।

त्रिपक्षीय वार्ता सहमतिमा विशेष महाधिवेशनको स्वामित्व र प्रतिवेदन समावेश गर्ने विषयमा मोटामोटी सहमति भएको स्रोतले जनाएको छ । विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनलाई संस्थापन समूहले अध्ययन गर्ने र उनीहरूको सुझावलाई प्रतिवेदनमा समावेश गर्ने विषयमा छलफल सकारात्मक भएको छ ।

यद्यपि, विशेष महाधिवेशन र गुटबीचको द्वन्द्वको परिस्थितिमा कांग्रेसको आगामी राजनीतिक भूमिका र आगामी निर्वाचनमा प्रभाव रहस्यमय बनेको छ । पार्टी विभाजन भए राजनीतिक परिदृश्यमा नयाँ समीकरण बन्ने, नभए पार्टीभित्रै सहमति कायम गर्ने सम्भावना रहेको छ ।

सभापति देउवाले पार्टीमा समझदारी गरेर अघि बढ्नुपर्ने धारणा राख्दै भन्नुभयो–‘पार्टी नेतृत्व नियमित महाधिवेशनबाट आउँछ । अब विग्रहको बाटोमा जानुहुँदैन । उहाँले भन्नुभयो–‘रातिसम्म समझदारी बन्छ भने राम्रो, अन्यथा निर्णयमा किन जाने ।’

विशेष महाधिवेशनको तेस्रो दिन नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरु भएपछि सहमतिको सम्भावना झिनो हुँदै गएको छ । बन्दसत्रले विधान पारित गर्दै जनसम्पर्क समितिका तर्फबाट प्रत्येक महादेशबाट १ जना केन्द्रीय सदस्य राख्ने व्यवस्था गरेको छ । विधान संशोधनसँगै चुनावी प्रक्रिया अघि बढ्दा पार्टी विभाजनको खतरा अझै बढेको छ । नेपाल समाचारपत्र




भर्खरै