२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशमा मानवीय सुरक्षाः नलगाड र बारेकोटले बनाए कानून र नीति



अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका स्थानीय सरकारले मानवीय सुरक्षालाई कानून र नीति बनाएरै कार्यान्वयनमा ल्याउन थालेका छन् ।

उनीहरुले मानवीय सुरक्षा लाई केवल अवधारणामा मात्र सिमित नराखी स्थानीय नीति र कानूनमै समेट्न थालेका हुन् ।

जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाले मानवीय सुरक्षाको प्रत्याभूतिका लागि आवश्यक नीति, कार्यविधि र ऐन निर्माण गरी कार्यान्वयनको प्रक्रिया अघि बढाएका हुन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा कर्णाली प्रदेश सरकारले गरेको कार्यक्रममा बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले आफ्नो पालिकाले मानवीय सुरक्षाका आयामहरूलाई बलियो बनाउन कानूनी आधार नै तयार गरेको जानकारी दिनुभयो । भौगोलिक विकटता र प्राकृतिक विपत्तिको जोखिममा रहेको बारेकोटले नागरिकको सक्षमता अभिवृद्धि गर्नुलाई नै मानविय सुरक्षाको आधार मानेको उहाँले उल्लेख गर्नुभयो ।

गिरीले भन्नुभयो –‘मानवीय सुरक्षा भन्नासाथ मानवीय आयामका सबै पक्ष र नागरिकको सक्षमतालाई बुझ्नुपर्छ । नागरिकलाई सक्षम र सचेत बनाउनु नै मानवीय सुरक्षाको बलियो आधार हो, जसका लागि हामीले बारेकोटमा आवश्यक ऐन र कार्यविधिहरू निर्माण गरिसकेका छौं । तर ऐन–नियमले मात्र पुग्दैन, कार्यान्वयनका लागि पर्याप्त बजेट र कार्यक्रम चाहिन्छ । दुर्गमको भौगोलिक जटिलता र सीमित स्रोतसाधनका बावजुद हामीले जनचेतना, वातावरणमैत्री विकास र विपद् नियन्त्रणलाई प्राथमिकता दिएका छौं । हामी पानी व्यवस्थापन, पहिरो नियन्त्रण र नागरिक सशक्तीकरणका माध्यमबाट अगि बढिरहेका छौँ ं। तर मानवीय सुरक्षालाई एउटा पालिकाको मात्र नभई राष्ट्रिय र विश्वव्यापी प्राथमिकताको विषय बनाइनुपर्छ ।’

अधिकारकर्मी रमा भण्डारीले मानवीय सुरक्षाको विषयलाई जनस्तरसम्म पु¥याउन ‘खोप अभियान’ को मोडल अपनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले मानवअधिकारको संरक्षण र मानवीय सुरक्षा एकअर्काका परिपूरक रहेको उल्लेख गर्नुभयो । मानविय सुरक्षाको दिगोपनामा जोड दिँदै उहाँले भन्नुभयो ‘खोप लगाउनुपर्छ भनेर जनचेतना जसरी बढाइएको छ, मानवीय सुरक्षाका कुराहरूलाई पनि खोपकै जस्तै गरी जनचेतनाको बाटोबाट लैजानुपर्छ । यसलाई कहाँ र कसरी टाइ–अप गर्दा दिगो हुन्छ भन्ने कुरा अहिलेको मुख्य सोचनीय विषय हो ।’

कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले कर्णालीको सन्दर्भमा मानवीय सुरक्षा उपकरण (टूल्स) अपरिहार्य रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो “हामीले ह्युमन राइटको प्रस्पेक्टिभ र प्रोटेक्सनको थिममा काम गर्दा ‘डु नो हार्म’ प्रिन्सिपललाई आत्मसात गर्नैपर्छ ।’

प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री कार्यालयका सचिव लक्ष्मीकुमार विकले  मानवीय सुरक्षालाई ’इन्टिग्रेटेड एप्रोच’ बाट प्रत्येक घरधुरीसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । मानवीय सुरक्षालाई सरकारी योजनामा मात्र राखेर नपुग्ने भन्दै उहाँले स्थानीयकरण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो ‘ मानवीय सुरक्षाको प्रत्याभुति केबल प्रदेश सरकारले मात्रै गर्ने विषय होइन । एउटा इन्टिग्रेटेड एप्रोच चाहिन्छ । हरेक क्रियाकलापहरुमा मानव सुरक्षालाई जोड्नुपर्छ । योजना र बजेटमार्फत प्रत्येक घरपरिवारलाई मानविय सुरक्षाको अनुभुत गराउनुपर्छ ।’

कर्णाली प्रदेशका मुख्यमन्त्री कार्यालयका उपसचिव उत्तम गौतमले सन् २०१९ देखि नलगाड र बारेकोटमा शुरु भएको मानविय सुरक्षा अभ्यासलाई जाजरकोट भूकम्पपछिको पुनर्निर्माण र उत्थानशीलतासँग जोडेर प्रदेशका अन्य पालिकामा पनि ‘रेप्लिकेट’ गर्नुपर्नेमा जोड दिनुभयो ।

युएनडिपीका कर्णाली प्रदेश फिल्ड कार्यालय प्रमुख रफिक सिद्दिकीले नेपालबाट शुरु भएको मानविय सुरक्षा सम्बन्धी सिकाई र अभ्यास विश्व जगतका लागि ऐतिहासिक कन्ट्रीब्युसन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “आज दुई वटा देशमा, तिनटा देशमा यो काम भइरहेको छ । भोलि यो राम्रो भयो भने त विश्वमा हरेक ठाउँमा जान्छ र त्यसमा हाम्रो एउटा ऐतिहासिक कन्ट्रीब्युसन हुन्छ कि नेपाल देशले, हाम्रो देशले चाहीँ यसको शुरुवाती लन्चिङ ग¥यो र यसको लर्निङबाट अरु देशले पनि सिक्नेछन् । त्यो पनि हाम्रो लागि एउटा राम्रो अवसर हो ।’

कार्यक्रमका सहभागीले मानविय सुरक्षाका सूचक निर्मााण र कार्यान्वयन गर्दा  विपन्न वर्ग, सिमान्तकृत समुदाय, जनजाति आदीवासी, महिला, अल्पसंख्यक तथा अपाङ्गता भएका समुहदायलाई पहिलो प्राथमिकतामा राख्न तीनै तहका सरकारको ध्यानाकर्षण गराएका थिए ।