२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्रीहरुलाई देउवाले भनेः पार्टी टिकटमा मेरो हस्ताक्षरमा समस्या भए तपाईंहरु नै गर्नुस् तर पार्टी एकीकृत होस्



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताका लागि आफू कुनैपनि कुरामा वाधक नबन्ने स्पष्ट पार्नुभएको छ ।

बुधवार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको छलफलमा सभापति देउवाले सो कुरा बताउनुभएको हो ।

उहाँले महामन्त्रीसँग लामो कुराकानी गर्नुभएको र अहिले सबैभन्दा ठूलो कुरा नै पार्टी एकता रहेको बताउनुभएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भयो । पार्टी टिकटमा हस्ताक्षर गर्नेमा समस्या भए अरु कुनै नेतालाई हस्ताक्षरका लागि दिन पनि आफू तयार रहेको बताउनुभएको सभापति देउवाको भनाइ उद्धृत गर्दै प्रवक्ता महतले बताउनु भयो । महामन्त्री द्वयलाई देउवाले काँग्रेसमा दुवै जना महामन्त्रीको ठूलो भविष्य रहेकाले सबैलाई मिलाएर अघि बढ्न सुझाव दिनुभयो । संसदीय बोर्ड नै सल्लाह गरेर गठन गर्न पनि देउवाले महामन्त्रीहरुसँग आग्रह गर्नुभएको जानकारी दिनुभयो । महामन्त्रीहरुले पार्टीको संरक्षक बनेर बस्न देउवालाई सुझाव दिएपनि आगामी निर्वाचनमा प्रतिष्पर्धा नगर्नका लागि भने कुनै कर नगरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुई महामन्त्रीसँग लामै कुराकानी भयो, त्यस सन्दर्भमा सभापतिले अहिले सबैभन्दा ठूलो कुरा भनेको पार्टी एकता हो । पार्टी फुट्नु हुन्न । तपाईंहरुको पनि धेरै ठूलो भविष्य छ । मैले पार्टी एकता अक्षुण्ड राख्न के गर्नुपर्छ ? हिजो पनि उदारताका साथ सबैको कुरा सुनेर आएको हो । हस्ताक्षरको कुरा उठेको रहेछ, हस्ताक्षर अरु कसैलाई दिएर एकता हुन्छ भने म तयार छु । केन्द्रिय समितिले नै पास गरेर तपाईंहरुकै सहमतिमा निर्वाचन आयोगमा हस्ताक्षर टिकटका लागि गएको हो । त्यही हस्ताक्षरबाट समानुपातिक सूचि पनि गयो । सभापतिको हस्ताक्षर हुँदैन र निर्वाचन आयोगमा समस्या हुँदैन भने पार्टीको जुनसुकै नेतालाई पनि म हस्ताक्षर गर्न दिन तयार छु । संसदीय बोर्ड नै सल्लाह गरेर गठन गरौँ त्यसले नै सबै कुरा टुंग्याउँछ समेत भन्नुभयो । पार्टी एक गर्ने कुरामा लाग्नुस् भन्नुभयो । संरक्षक हुनुप¥यो भन्नुभयो । चुनाव नलड् भनेको हो भन्दा त्यो त भनेको होइन भन्नुभयो ।’

सभापति देउवाले पार्टी एकता आफ्नो लागि महत्वपूर्ण भएको कुरा महामन्त्रीहरुसँग बताउनुभएको पनि प्रवक्ता महतले बताउनु भयो ।